बझाङमा आइतबार थप ४७ कोरोना पुष्टि

रिदम सिंह, भाद्र १४ बझाङ । बझाङमा थप ४७ जनामा कोरोना पुष्टि भएका छन् । आइतबार डडेल्धुरा स्थित डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बझाङका थप ४७ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । यो संगै बझाङमा कोरोना संक्रमितको संख्या ३ सय ६७ पुगेको छ । आइतबार डडेल्धुरा अस्पतालमा गरिएके परिक्षणमा दुर्गाथली गाँउपालिका वडा नं. ४ र ५ का १८ जना महिला र २९ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमण हुनेमा ३, ४, ९, १०, १०, १०, २२, २२, २२, २४, २५, ३०, ३०, ३०, ३२, ३२, ४० र ४५ बर्षिया महिलाहरु रहेका छन् भने, ५, ६, ७, १४, १४, १५, १६, १९, २२, २२, २४,२५, २५, २५, २९, ३०, ३२, ३२, ३३, ३४, ४४, ४७, ४८, ५५, ५८, ५९, ६०,६० र ७१ बर्षिया पुरुष रहेका छन् ।
कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गए पछि जिल्लामा पनि स्थिती भयावह हुने देखिएको छ । हाल सम्म जिल्लामा भारतबाट आउने मानिसहरुको मात्र कोरोना परिक्षण गरिएको जिल्ला अस्पताल बझाङका डाक्टर मिलन खड्काले बताउनुभयो । पछिल्लो समयमा केही स्थानीय तहले भारतबाट आउने नागरिकहरुलाई क्वारेन्टाईनमा समेत नबसालेर सिधा घर पठाउन थाले पछि कोरोनाको संक्रमण गाउँमा फैलिएको आशंका गरिएको छ । कोरोना संक्रमणको उच्च जोखिमको ठाउँबाट आएका मानिसहरु समेत निर्वाध रुपमा खुल्लारुपमा हिडडुल गरि रहेकाले यसको संक्रमण समुदायमा फैलिएको आशंका गरिए संगै सबैले अनिबार्यरुपमा कोरोना सुरक्षाका बिधी अपनाउनु पर्नेमा जोड दिनु पर्ने स्वास्थ्यक्रर्मीको सुझाव छ । पछिल्लो २४ घण्टामा ३ सय ८्५ जनाको कोरोना परिक्षण गर्दा बझाङकै मात्र २६ गरी जम्मा ४९ जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईस्वरीप्रसाद भूषालले जानकारी दिनुभयो । संक्रमण पुष्टि हुनेमा बझाङका २६ , बैतडीका २१ र दार्चुलाका २ जना रहेको भूषालले जानकारी दिनु भएको हो ।