डिलाशैनी गाउपालिकाको वडा नम्बर १ सिल

जनक साउद , बैतडी । बैतडीको डिलाशैनी गाउपालिका वडा नम्बर १ आजबाट सिल गरिएको छ । कोरोना संक्रमितहरु थपिदै गएकोले अर्को सुचना जारी नभए सम्मका लागि वडा सिल गरिएको वडा अध्यक्ष अक्कल राना बताए । एक वडावाट अर्को वडा तथा टोलमा जान पुर्ण रुपमा रोक लगाईएको उनले बताए ।

यस्तै कोरोनाबाट बच्ने उपायहरु अपनाउन सम्पुर्ण वडा बासिहरुमा वडा कार्यालयले आग्रह गरेको छ । अनावश्यक रुपमा भिडभाड नगर्न, घर बाहिर ननिस्कन वडा कार्यलयले आग्रह गरेको छ । पछिल्लो समय डिलाशैनी गाउपालिकामा पनि कोरोना संक्रमितहरु बढदै गएकोले वडा कार्यालयले यस्तो निर्णय गरेको हो ।