बैतडीको सुर्नया गाउपालिकाका पहिरो बिस्थापित परिवारलाई आर्थिक सहयोग

जनक साउद, बैतडी । बैतडीको सुर्नया गाउपालिकाका पहिरो पिडितहरुलाई आर्थिक सहयोग गरिएको छ । सुर्नया गाउपालिका घर भई काठमाण्डौमा बस्दै आएका बिद्यार्थी नेता रिजन मडैको पहलमा संकलन गरिएको ३३ हजार ४ सय ६१ रुपैया पिडितहरुलाई सहयोग गरिएको हो ।

भदौ ३ गते अबिरल बर्षासगंै खसेको पहिरोले घर पुरिदा सुर्नया गाउपालिका वडा नम्बर ५ मडैगाउमा एकै घरका ४ जना घाईते भएका थिए भने अन्य २ परिवार पनी बिस्थापित भएका थिए । पहिरोले बिस्थापित भएका ३ घर परिवारलाई संकलित रकम हस्तान्तरण गरिएको बिद्यार्थी नेता मडैले बताएका छन । पहिरोबाट बिस्थापित भएका बिर बहादुर मडैको परिवारलाई १३ हजार ५ सय, दिनेश मडैको परिवारलाई १० हजार र केशब मडैको परिवारलाई पनी १० हजार आर्थिक सहयोग गरिएको हो । बिद्यार्थी नेता मडैको पहलमा संकलित रकम स्थानिय नरेन्द्र मडैले पहिरो पीडितको घरमा पुगेर हस्तातरण गरेका हुन ।