दारी ग्याङ बझाङमा पनी बिस्तारः संयोजकमा जोशी

रिदम सिंह, बझाङ: दारी ग्याङ बझाङमा पनी बिस्तार भएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको गैरराजनीतिक तथा सामाजिक संस्था दारी ग्याङ शनिबार बझाङमा पनी बिस्तार गरिएको हो । दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराको पहलमा यसको शाखा बिस्तार भएको हो ।
जयपृथ्वी नगरपालिका वडा नं. ११ निवासी हेमन्तराज जोशीको संयोजकत्वमा सर्वसम्मत कार्य समिति चयन गरिएको छ । यस्तै अन्य कार्य समितीमा सहसंयोजक कविन्द्र कठायत, सचिवमा रिदम सिंह ठकुरी, कोषाध्यक्षमा दोरेन्द्र खड्का, रहेका छन् । यस्तै प्रविधी संयोजकमा मदनराज जोशी रहेका छन् । कार्यसमितीलाई वेला वेलामा आवश्यक सुझाव तथा सहकार्यका लागी जिल्ला कार्य समितीको सल्लाहकारमा बसन्तप्रताप सिंह, नरेन्द्र उपाध्याय, मकरराज धामी र हर्क बोहरा लगाएको सल्लाहकार समिती पनी गठन गरिएको छ ।
आगामी दिनहरुमा कार्यसमितीको पहिलो बैठकबाट सदस्यहरु थप गरिने भएको छ । संयोजकजोशीका अनुसार दारी ग्याङ बझाङले समाज रुपान्तरण तथा स्थानीय स्तरमा रहेका विभिन्न पक्षमा जनचेतनामूलक अभियान सञ्चालन गर्नेछ । साथै बझाङ जिल्लामा रहेर रक्तदान लगाएतका कार्यहरु पनी गर्ने संयोजक जोशीले बताउनु भयो । बझाङ थुप्रै पर्यटकिय सम्भावना बोकेको जिल्ला भएकाले पर्यटन प्रर्वद्धनका लागी समेत दारी ग्याङ बझाङले महत्वपूर्ण काम गर्ने जोशिको भनाई थियो ।
यस्तै प्राकृतिक विपतमा परेकालाई भौतिक, आर्थिक सहयोग गर्दै जाने र समान उद्देश्य बोकेका संस्थाहरुसंग सहकार्य गरिने भएको छ । समाजका विकृतिका विरुद्ध अभियान चलाउने र यसको लागि योजना बनाइरहेको संयोजक जोशीले बताउनु भयो । चार बर्ष अघि सामाजिक संजालबाट सुरु भएको दारी ग्याङले नेपालमा अहिले गैर राजनितक समाजसेवा गर्ने समुह बनेको छ । शनिबार बझाङमा गठन भएसँगै दारी ग्याङ नेपालका ३३ भन्दा बढी जिल्लाहरुमा बिस्तार भएको दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले बताउनु भयो ।