थलारा गाउँपालिकालाइ फलफुल तथा टिमुरको पकेट क्षेत्र बनाउने ः अध्यक्ष उपाध्याय

रमेश केसी – बझाङ  – थलारा गाउँपालिका लाइ फलफुल तथा टिमुरको पकेट क्षेत्र बनाउनका लागी गाउँपालिकाले गत बर्ष देखी अभियान सञ्चालन गरेको छ । थलारा गाउँपालिकाले यस बर्ष मात्रै ८ हजार बोट टिमुर ९ हजार बोट दाते ओखर र अन्य अमिलो जातका फलफुल , अलैचिका बोटहरु किसानहरुलाइ वितरण गरिएको थियो । थलारा गाउँपालिकाको वडा नं. ५ र ६ किसानका विभिन्न समुहहरुलाइ बोटहरु वितरण गरि गाउँपालिका लाइ फलफुलको पकेट क्षेत्र बनाउने उदेश्यले गाउँपालिकाले २० हजार बोट सहयोग गरेको गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताउनु भयो ।

उनले भने “ स्थानिय बासीहरुलाइ आर्थिकरुपमा आत्मर्निभर बनाउन र जीविकोपार्जन संग जोड्ने उदेश्यले गाउँपालिकाले काम गर्दै आएको र किसानहरुलाइ नर्सरी उत्पादनमा समेत जोड्दिदै बहुउदेश्य नर्सरी उत्पादन गर्दै , अलैची , दाँते ओखर र टिमुर लगाएतका अन्य जातका फलफुलका बोटहरु विगतका बर्षहरुमा जिल्ला बाहिर बाट खरिद गरि ल्याउनु पर्ने भएकाले यो समस्यालाइ हटाउनका लागी समेत किसानलाइ नर्सरी संग जोड्ने गरी यस बर्ष समेत कृर्षि तर्फ गाउँपालिकाले ७० लाख रुपैयाँ विनियोजन गरेको बताउनु भयो ।

थलारा गाउापालिका वडा नं.४ का स्थानिय बासी गोकुलराज जोशीले भने , आफु टिमुर ब्यवसाय तर्फ ब्यवसाय थालेको र यस बर्ष मात्रै १०० बोट टिमुरका लगाएकोे र आगामी दिनमा हजार बोट लगाउने र टिमुरको माग देशमा मात्रै हैन देश बाहिर समेत रहेको र टिमुरको उपयोगिता धेरै भएको र टिमुर मसला ,तेल र औषधीमा प्रयोग हुने भएकाले आफुले टिमुर लगाएत फलफुलको ब्यवसाय अगालेको जोशीले बताउनु भयो । साथै टिमुरको बोट सानो छदाँ बचाउनु पर्ने र टिमुर चरा मुसा कसैले नखाने हुदाँ टिमुरबाट मनग्य आम्दानी गर्न सकिने समेत जोशीले बताउनु भयो ।