नेकपा जिल्ला कमिटी सचिवालयको बैठकले गरेका निर्णय पत्रकार सम्मेलनद्धारा सार्वजनिक

रमेश केसी, बझाङः नेकपा एमाले र नेकपा माओवादी एकता भएपछिको नेपाल कम्युनिष्ट पाटी नेकपा जिल्ला कमिटी सचिवालयको बझाङको बैठक बसेको छ । सचिवालय बैठकले विभिन्न निर्णहरु गरेको छ । भदौ ३ गते बुधबारदेखि नेकपा पाटी कार्यालय चैनपुरमा बसेको बैठकले गरेका निर्णयका बारेमा आज शुक्रबार पत्रकार सम्मेलन गरी पाटीले गरेका निर्णयहरुका बारेमा नेकपा जिल्ला कमिटी संयोजक मिन बहादुर कुँवरले जानकारी गराउनु भएको थियो । बझाङ जिल्लामा कोरोना परिक्षणका लागी मेसिन खरिद गर्नका लागी स्थानिय तहहरुले गरेको सहयोगका लागी धन्यवाद ब्यक्त गरेको छ ।

उक्तm मेसिन संचालन तथा कोरोना भाइरस तथा कोभिड १९ को पिसिआर मेसिन चलाउन आवश्यक पर्ने जनशक्तिmका लागी पहल गर्ने, यस बर्ष बझाङमा बाढी पहिरोमा परेर ज्यान गुमाएका प्रर्ति समवेदना ब्यतm गर्दै पाटीको तर्फबाट प्रत्येक परिवार पाँच हजार सहयोग गर्ने, केदारस्यँु मल्लेसीमा गएको पहिरोले घराबार बिहिन भएका परिवारका लागी एकिकृत बस्तिका लागी पहल गर्ने, बाढीले पुर्याएको क्षतीको विवरण, पाटी सदस्यता नविकरण भदौ मसान्त भित्र सक्ने, गाउँपालीकामा रहेका अगुवा कार्यक्रताहरु र जनपर्तिनिधीहरु संग भेटघाट कार्यक्रम संचालन गर्ने, लगाएतका निर्णय गरेको सम्मेलनमा जानकारी गराएको थियो ।

कार्यक्रममा पत्रकारहरुले बझाङ जिल्लामा स्थानियतहहरुले गरेका गतिविधीहरु सन्तोषजनक नरहेको, चैनपुर ताक्लाकोट सडकको काम काजमामा ढिलाइ भएको, मष्टा गाउँपालीकाका अध्यक्ष कर्ण कठाएतलाई पाटीले काबार्हि नगरेको , खोड्पे चैनपुर सड्कको नाममा बजेट आए पनि काम नहुने गरेको, देवल विमानस्थललाइ चाँडो सुचारु गर्नु पर्ने लगाएतका प्रश्न राखेका थिए ।

पत्रकारले राखेका प्रश्न तथा जिज्ञासाहरुको जवाफमा पुर्व बनमन्त्री तथा नेकपा सुदुरपश्चिम प्रदेश कमिटी सह इन्चार्ज भानुभक्तm जोशीले बझाङ जिल्लालाई कोरोना मुक्तm बनाउन र भारतबाट आएकाहरुलाइ ब्यवस्थीत गर्न सबैले लाग्नु पर्ने, बाढी पहिरो पिडितलाइ सहयोग गर्नुका साथै, पहिरोले मल्लेसीमा घरबार विहिन भएका परिवारहरुको घरबारको लागी पाटीले पहल गर्ने र मष्टा गाउँपालीका अध्यक्ष कर्ण बहादुर कडायतको सामाजिक संजालमा आएको भिडियो प्रति पाटीको ध्यानाकर्षण भएको र उहाँको स्पष्टिकरण मागेको र उहाँले आफुबाट गल्ति भएको स्विकार्नु भयो । .साथै अध्यक्ष कठायतले समुदायमा गएर माफी माग्ने बताएकाले एक पटक पाटीले सुध्रने मौका दिएको बताए । देवल विमानस्थलको काम अन्तिम चरणमा पुगेको र आगामी दिनहरुमा धनगढी बझाङ पेलेन संचालनका लागी पहल गर्ने बताएका थिए ।

त्यस्तै नेकपाका इन्चार्ज तथा प्रर्तिनिधि सभा सदस्य भैरव बहादुर सिंहले पत्रकार सम्मेलनमा बोल्दै खोड्पे चैनपुर सडक खण्ड मुलसड्क भएको तर ठेकदारले ढिलासुस्ती गरेको, घुम्ती मोड हटाउन ५० करोड विनियोजन भएको यस बर्ष पनि सड्क स्तर उन्नतीको लागी खोड्पे वित्थडदेखि बागथला, बागथलादेखि चैनपुरसम्म बहुबर्षिया योजनाका लागी बजेट विनियोजन भएको, चैनपुर ताक्लाकोट सड्क खण्ड छिटो छरितो बनाउन धुलीसम्म पुग्न २७ किलो मिटर बाँकि भएकाले उक्तm कामलाइ तिव्रता दिनका लागी सम्बन्धीत निकायलाइ घचघच्याउन पहल गरेको बताउनु भएको छ । त्यसैगरि खुटिया दिपायल, थलारा, मालुमेला तत्कोट सडक खन्डको सर्बे गर्ने काम समेत यस बर्षदेखि सुरु हुने पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।