ज्यानमारा बुङगल नगरपालिका, बेवास्ता गर्दा अप्रिय घटना भयो

बझाङ ४ भदौ : बुंगल नगरपालिकाले वडा नम्बर ३ मा रहेको खोल्लेक डाँडामा क्रिकेट मैदान निर्माणको कार्य सुरु ग¥योे । डोजरले डाँडो नै भत्काएर मैदान निर्माण कार्य भए पछि मिडीगाउँ पहिरोको उच्च जोखिममा रहयो । त्यति मात्र होईन गतबर्ष बाट नगरपालिकाले नै क्रिकेट मैदान लक्षित अर्को रिङरोड बनाउने सुरु ग¥यो । खेल मैदान र सडक बनाउँदा ढुंगा–माटोको थुप्रो भए पछि स्थानीयले गाँउ पहिरोको जोखिममा हुने भन्दै जथाभावी माटो नफाल्न नगरपालिकालाई अनुरोध गरे ।

तर, नगरले कुनै सुनुवाई गरेन । बरु अर्को वर्ष खोल्लेक बेरुकाँडा सडक निर्माणको काम सुरु ग¥यो । सडक बनाउने क्रममा गाउँ माथी भएका खहरे खोलालाई एकै ठाउँमा मिलायोे । सक र मैदान निमार्ण गर्दा माथी बाट खोलामा खसेर माटो र ढुङगाको थुप्रो लाग्यो । लगातारको पानीका कारण खोलामा भल बग्न थाल्यो । तीनवटा खहरे खोलाको भल एकै ठाउँमा बग्न थालेपछि मिडिगाँउ उच्च जोखिममा प¥यो ।
स्थानियले गाँउ उच्च जोखिममा रहेको र भविश्यमा ठुलो विपत्ती आउने भन्दै बेला बेला नगरपालिका लाई मौखिक अनुरोध गरे । मौखिक रुपमा अनुरोध गर्दा पनि कुनै वास्ता नगरे पछि स्थानियले साउन २७ गते सडक र मैदान निमार्ण गर्दा निस्केको माटो र ढुङगाले गाँउमा ठुलो क्षति हुन सक्ने भएकाले यसको छिटो व्यवस्थापन गरिदिन भनेर वडा नं ३ को वडा कार्यालय र नगरपालिकामा निवेदन दिए । स्थानीयले बेला बेला जानकारी गराँउदा पनि नगरपालिकाले कुनै वास्ता गरेन ।

नभन्दै मिडीगाँउमा मंगलबार राती अप्रिय घटना भयो । घरमाथी बाट पहिरो आएर स्थानिय प्रताप ताम्राकारको परिवारको विचल्ली भयो । पहिरोमा परि २ बालकको ज्यान गयो । अन्य ४ जना घाईते भएका छन । घाईते २ जनाको धनगडीमा उपचार भईरहेको छ । पहिरोमा परि प्रताप ताम्राकारका १४ बर्षिया छोरा सचिन ताम्राकार र ३ बर्षका सुदिप ओखेडाको मृत्यु भयो । प्रताप ताम्राकार रोजगारीको सिलसिलामा भारतको रहेको र घनाको खबर पाए पछि नेपाल फर्केका छन । पहिरोमा परेर ४० बर्षिया श्रीमती पिपला ताम्राकार, १८ बर्षकि छोरी सुनिता र १२ बर्षकि टिन्टी भनिने सन्तोषी ताम्राकार र १६ बर्षका छोरा अनिल ताम्राकार घाईते छन । नगरपालिकाले वेवास्ता गरेका कारण यस्तो अप्रिय घटना भएको स्थानियको आरोप छ ।
गाँउका करिब ५० घर परिवार जोखिममा छन । गाउँका सबै जना नगरपालिकामा गएर त्यसरी जथाभावी ढुंगामाटो नफाल्नु अनुरोध गर्दा पनि आफ्नो पिडा कसैले नसुनेको स्थानिय सुरेस कुँवरले बताए । उनले भने हामीले बेला बेलामा जानकारी गराउँदा पनि मुखदर्शक बनेको स्थानिय सरकारका कारण आज त्यही माटो काल बनेर आयो । पहिरोले नभई नगरपालिकाको लापरबाहीका कारण अबोध बालकहरूले ज्यान गुमाए । स्थानियले मृतकका परिवारलाई उचित क्षतिपूर्ति, पिडीत प्रताप ताम्राकारको घर निमार्ण गर्नु पर्ने, तत्कालै तबन्धनको काम सुरु गर्न पर्ने, बगाएको खेतबारीको क्षतिपुर्ति दिनुपर्ने लगायतका माग राखेका छन ।

यो कुनै भवितव्य घटना नभई मानव निर्मित घना भएकाले यस्को जिम्मा नगरपालिकाले लिनुपर्ने पहिरोमा परेर भान्जा र भतिजा गुमाएका आर विक्रम सिंह ओखेडा को भनाई छ । बुङगल नगरपालिकाका मेयर धनबहादुर बिष्टले स्थानीयले गत साउन २७ गते दिएको ज्ञापनपत्रको विषयमा आफूलाई जानकारी नभएको बताए । उनले भने अब जे हुनु थियो भइहाल्यो । पीडितहरूको व्यवस्थापन गर्ने र थप क्षति हुन नदिन नगरपालिकाले काम सुरु गर्छ । विहिबार घटनास्थल पुगेका मेयर विष्ले स्थानियले राखेका माग पुरा गर्ने प्रतिवद्धता जनाएका छन ।