अछाममा खोलाले १७ जना बगायो, ६ को शव भेटियो

अछाम। अछाममा कैलाश खोलाको बाढीले रामारोशन गाउँपालिका–३ सान्तडास्थित सैनीबजारका २२ घर बगाएको छ। घरसँगै बाढीले मंगलबार राति १७ जनालाई बगाएको छ।

बगाएका मध्ये ६ जनाको शव भेटिएको छ। लगातारको वर्षासँगै कैलाश खोलामा बाढी आउँदा रामारोशन गाउँपालिका–५ सैनिबजारका बासिन्दालाई बगाएको हो।

चार जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नास्थित कोसेडा क्षेत्रमा भेटिएको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउदले जानकारी दिए। यस्तै २ जनाको शव मंगलसेन नगरपालिका–३ को लमतणा र सेरीमा भेटिएको हो।

अहिले स्थानीयवासी र प्रहरी वेपत्ताको खोजी गर्न खटिएका छन्। घटनास्थल सदमुकाम मङ्गलसेनदेखि ७ घण्टाको पैदल दूरीमा पर्छ।

प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले हेलिकप्टर मार्फत उद्धारको पहल गरिरहेको बताए। बगाएको छ।