दार्चुलामा ढुङ्गाले लागेर कामदारको मृत्यु

दार्चुला। दार्चुलामा ढुङ्गाले लागेर मकरीगाड जलविद्युत आयोजनामा काम गर्ने एक कामदारको मृत्यु भएको छ।

मृत्यु हुनेमा अपि हिमाल गाउँपालिका–५ मकरीगाडका २९ वर्षिय सुनिल धामी रहेको प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए। मंगलबार जलविद्युत आयोजनाको पोल बोक्ने क्रममा खसेको ढुंगा लागेर धामी सख्त घाइते भएका थिए।

उनको उपचारका लागी गोकुलेश्वर अस्पताल ल्याउदै गर्दा मार्मा गाउँपालिकाको सिमारमा बाटोमै मृत्यु भएको हो। धामीको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ।

अपि हिमाल गाउँपालिका–५ मकरीगाडमा १० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण भइरहेको छ।