नेपाल फोटो पत्रकार महासंघ बझाङले पनि १८१ बिश्व फोटोग्राफी दिवस मनायो

रिदम सिंह, बझाङः नेपाल फोटो पत्रकार महासंघ बझाङ शाखाले बिश्व फोटोग्राफी दिवस मनाएको छ । हरेक बर्ष अगस्ट १९ का दिन मनाईने यो दिवसलाई यस बर्ष बझाङमा पनी फोटो प्रर्दशन गरी मनाईएका हो ।
सत्यराज सिंहको अध्यक्षतामा अएको उक्त कार्यक्रममा नेपाल फोटो प्रत्रकार महासंघ जिल्ला शाखा बझाङले संकलन गरेका जिल्लाभरका ऐतिहासिक, धार्मिक, साँस्कृतीक तथा पर्यटकिय सम्भावना बोकेका महत्वपूर्ण फोटोहरु देखाइएको थियो । बिभिन्न स्थानिय तहका जनप्रतिनिधी तथा राजनितिज्ञ र पत्रकारहरुलाई जिल्लाभित्र सम्भावना बोकेको ठाँउहरुका फोटोहरु प्रदर्शन गरिएको नेपाल फोटो पत्रकार महासंघ बझाङ शाखाका सचिव विर्ख बोहराले जानकारी दिनु भयो ।


सुरुको बर्ष भएका कारण त्यति धेरै स्थानिय तहरुको फोटोहरु संकलन गर्न नसकेको भएपनी आगामी दिनहरुमा थप स्थानिय तहका फोटोहरु संकलन गर्ने फोटो पत्रकार महासंघ बझाङका अध्यक्ष सत्यराज सिंहले बताउनु भयो । आगामी बर्षहरुमा स्थानिय तहकाका फोटोहरु प्रर्दशन गर्नका लागी फोटो छनौट गर्ने र ति फोटोहरुलाई दिगोरुपमा राख्नका लागी फोटो एल्वम वा किताव बनाउने योजना रहेको अध्यक्ष सिंहले बताउनु भयो ।


फोटो पत्रकार महासंघ जिल्लामा स्थापना भएको धेरै नभएको भएपनी छोटो समयमा नै यस्ता प्रकारका काम गर्न थालेकोले यो गौरवको बिषय भएको कान्तिपुर दैनिकका संवादाता वसन्त प्रताव सिंहल बताउनु भयो । आगामी दिनहरुमा जिल्लाका स्थानिय तहहरुसँग समन्वय तथा सहकार्य गरी ति स्थानिय तहहरुका फोटोहरु संकलन गर्न प्रतिनिधि सभा सदस्य भैव बहादुर सिंहले बताउनु भयो । शव्दमा फरक पर्न सक्ने भए पनी फोटोले यथार्थ र सत्य बोल्ने, फोटोबाट सवै कुरा छर्लङ्ग हुने प्रतिनिधी सभा सदस्य सिंहले बताउनु भयो ।
यता सुर्मा गाँउपालिका अध्यक्ष नर बहादुर बोहराले फोटो पत्रकार महासंघ बझाङ जिल्लामा नौलो र सराहनि प्रयास गरेको बताउनु भयो । गाँउमा रहेको पर्यटकिय सम्भावना बोकेका क्षेत्रहरु अझै पनी अmोझेलमा परेको भन्दै फोटो पत्रकार महासंघले ति स्थानको पहिचान, प्रसार गर्नु पर्ने र त्यसका लागी गाँउपालिकाले सहयोग गर्ने बताउनु भयो ।