सडकमा खसेको पहिरो हटाउन सडक डिभिजन बैतडिको आनाकानि

 दिपक राज जोशि – बझाङ –  जयपृथ्वि बहादुर सिङ्ह मार्गमा साता दिन अगाडि खसेको पहिरो हटाउन बैतडिस्थित सडक डिभिजन कार्यालयले आनाकानि गरिरहेको छ ।सडक कटान का कारण सुबेडाको डिलबङ्गा डाडोमा आएको पहिरोले सडक र स्थानियको घर र बारि क्षतविक्षत बनाएको छ । जनप्रतिनिधि र प्रशासन ले पहिरो तत्काल हटाउन सडक कार्यालयलाई ताकेता गरेको भएतापनि सम्बन्धित कार्यालयका जिम्मेवारि व्यक्ति भने एकहप्ता पछि पहिरो स्थलमा पुगेका छन ।

।पहिरोमा आएको ढुङ्गामाटो स्थानियको खेतियोग्य जमिन मा फाल्ने रणनिति सडक डिभिजन बैतडि को भएको स्थानियले थाहा पाएपछि सो माटो ढुङ्गा त्यहा फाल्न दिएको छैन । खागडा सिचाई कुलो , खारा पिपल चोड सिचाई कुलो मा समेत पहिरोले क्षति गरेको छ। सडककै कारण पहिरो गएकोले सोहि ठाउमा पुनः पहिरोमा आएको माटो अन्तै लैजान स्थानियले आग्रह गरेको ब्रहमदत्त जोशिले बताएका छन । त्यहिमाटो तलपटि जमिनमा फाल्दा कचालि खोलाको धार परिवर्तन भएर अर्को खेतियोग्य जमिनमा पुनः क्षति पुग्न सक्ने भएकोले माटोढुङ्गा फाल्न नदिने , बोकेर सुरक्षित स्थान मा राख्नुपर्ने स्थानिय ओबजङ बम्म बताउनुहुन्छ । स्थानियको खेतियोग्य जमिनमा थप क्षति नहुने गरि माटोढुङ्गा व्यबस्थापन गर्न प्रमुख जिल्ला अधिकारि कमलराज भण्डारिले आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारि भण्डारिको कार्यकक्षमा भएको सर्वपक्षिय छलफलमा समेत सडक डिभिजन कार्यलयले सो पहिरोमा आएको माटो ढुङ्गा सुरक्षित स्थानमा लैजाने सहमति भएको थियो । सडक डिभिजन कार्यलयका प्राबिधिक ईन्द्रदेव जोशि र सुपरभाईजर नरेन्द्र जोशि ले उक्त माटो ढुङ्गा अर्को स्थानमा लैजाने सहमति जनाएका थिए ।

तर अहिले माटो ढुङ्गा नपन्छाएर अस्थायि रुपमा सडक खोल्ने तर्फ सडक का कर्मचारिले स्काईभेटर लगाई रहेका छन । पहिरो हटाएर सडक तत्काल सुचारु गर्न यहाका जनप्रतिनिधिहरुले समेत निर्देशन दिएका थिए । बिडम्बना सडक कार्यलयले भने स्थानियले माटो फाल्न नदिएको भनेर पन्छिन खोजिरहेको छ । चौतर्फि दबाब आएको भएपनि स्थानियको बहुउपयोगि जमिनमा थप क्षति गरेर भएपनि माटो फाल्न दिनु पर्ने , बोकेर लैजान समय लाग्ने भन्छन प्राबिधिक ईन्द्रदेव जोशि । सिचाई नहर , खेति योग्य जमिन र बगैचा का बोटबिरुवामा थप क्षति नहुन दिन माटो र ढुङ्गा अन्त लैजान स्थानिय कृसकहरुले आग्रह गरिरहेका छन । टिप्पर र ट्यक्टरमा बोकेर अर्को स्थानमा माटोढुङ्गा व्यबस्थापन गर्न समेत दुई दिन लागथ्यो तर यहा एक हप्ता हुनै लाग्दा समेत सडक डिभिजन कार्यालयले काम गरिरहेको छैन । जोखिम क्षेत्र मा सडक सुधार गर्नका लागि सडक डिभिजन कार्यालय को मौनता देखिएको छ ।

बझाङ को सदरमुकाम चैन्पुर जोड्ने मुख्य सडक को खोलाहरुमा कल्भर्ट र पहिरो को दिगो व्यबस्थापन नगर्दा बर्सेनि यात्रुले दुख व्यहोरिरहेका छन । सडका खाल्डा खुल्डि , साघुरो सडक , ढल निकासको व्यबस्थापन , पहिरो नियन्त्रण नभएकोले सडक मार्ग अव्यबस्थित भएको छ । देवल को बौलाहा खोलामा समेत बाढि पहिरोले सडक अबरुद्द गरेको छ । सदरमुकाम चैन्पुर एक हप्ता देखि सडक सम्बन्ध बिच्छेद भएको छ ।