बैतडीमा पहिरो खसेर घर पुरिदा ४ जना गम्भीर घाईते

डीआर भट्ट,बैतडी । बैतडीमा पहिरो खसेर घर पुरिदा ४ जना गम्भीर घाईते भएाका छन । जिल्लाको सुर्नया गाउपालिका वडा नम्बर ५ मडैगाउमा घरमाथिबाट खसेको पहिरोले पुरै घर पुरीदा एकै घरका ४ जना गम्भीर घाईते भएका हुन । गए रातिको अबिरल वर्षासंगै आज बिहान ६ बजेतिर खसेको पहिरोले घर भत्कीएर घाईते हुनेमा ४५ बर्षीय बिर बहादुर मडै, ४३ बर्षीय सुन्दरी मडै, २२ बर्षीय सरस्वती मडै र २० बर्षीय पार्वती मडै रहेका रौलेश्वर प्रहरी चौकीका ईन्चार्ज धन सिहँ धामीले जनाकारिदिनुभएको छ । घर पहिरोले घर भत्कीएर घाईते भएकाहरु लाइृ उपचारको लागी डडेल्धुरा अस्पताल पठाईएको उहाले बताउन्ु भयो ।

घाईतेहरुको प्रहरी र स्थानियहरुले उद्धार गरेको सञ्चारकर्मी नरेन्द्र बिष्टले बताउनुभएको छ । घरभित्र पाँच जना रहेकोमा एक जना राति पहिरो खस्दा बाहिर भएकाकाले उनि सकुशल छन । बिरबहादुरका छोरा प्रकाश मडै भने पहिरो खस्दा बाहिर भएकाले उनलाइ चोटपट नरहेको र उनि सकुशल रहेका बताइएको छ । यस्तै मडै गाउँमा दुइ घर अझै पहिरोको उच्च जोखीममा रहेको प्रहरीले बताएको छ । स्थानिय दिनेश मडै र राम बहादुर मडैको घर पहिरोको जोखीममा रहेकाले उनलाई अहिले छिमेकीको घरमा स्थानान्तरण गरेको जिल्ला प्रहरीक कार्यालय बैतडीले जनाएको छ ।