बालुवाटारमा नेकपा अध्यक्षद्वय र कांग्रेस सभापतिबीच छलफल

काठमाडौं, १ भदौ । सत्तारूढ नेकपाको सचिवालय बैठक सम्पन्न भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाइ बालुवाटार बोलाइएको छ ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका सभापति देउवाबीच छलफल भइरहेको छ । छलफलमा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागी रहेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले विभिन्न विषयमा छलफल गर्न बोलाएपछि सभापति देउवा बालुवाटार जानुभएको उहाँ निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार संवैधानिक अंग तथा विश्वविद्यालयहरूमा रिक्त रहेका पदमा नियुक्तिलगायत समसामयिक विषयमा छलफल भइरहेको छ।