अविरल बर्षासंगैको बाढी पहिरो बाट हुम्लाको ताँजाकोटका ६५ घरमा क्षेती

 जिवन कैला – बाजुरा –  अविरल वर्षासँगै आएको बाढी पहिरोले हुम्लाको ताँजाकोट गाउँपालिका वडा नं ४ का करिव ६५ घरमा क्षेती पुर्याएको छ । आज विहान करिव ४ वजे देखि १० बजे सम्म आएको अविरल वर्षासँगैको बाढी पहिरोले वडा नं ४ का ७ वटा वस्तीका ६५ घरमा क्षेती पुर्याएको हो । वडा नं ४ का काउला, उत्तेशैनी, भदालबीटु, ओखलढुङ्गा, ख्ररादेउला गैरा र गल्लावाडा लगायतका वस्तीमा क्षेती पुर्याएको हुम्लाबाट बैज्ञानीक शर्माले जानकारी दिनुभएको छ ।

वस्ती माथिबाट आएको बाढी पहिरोका कारण करिव २ सय ५४ घरपरिवार रहेको चार नंम्बर वडाका ६५ घरमा कसैको पुर्ण त कसैको आङ्सिक क्षेती भएकोे उहाँले जानकारी दिनुभएको छ । विहानको समयमा बाढी पहिरो आउदा घर वगाएर क्षेती पुर्याए पनि कुनै मानविय क्षेति नभएको स्थानीयले वताएका छन । सो वस्तिका स्थानिय बाढी पहिरोको त्रासले गाँउ छाडेर अहिले वडा भित्रकै सुर्य प्रकाश आधारभुत विद्यालय र चन्द्र प्रकाश माध्यामिक विद्यालयमा त्रिपाल टाँगेर बसीरहेका छन ।

उक्त वस्तीका करिब २ सय ५४ घरपरिवारको खेतीयोग्य जमिन समेत कटान गरेको स्थानियले बताएका छन । चार नंम्बरको वस्तीहरुमा जोड्ने खोलानालामा पानीको बहाव बढेको र सडक अवरुद्ध भएकोले सो स्थानमा जनप्रतिनिधि पुग्न नसकेको शर्माले जानकारी दिनुभएको छ ।