ब्यवसायी मालले गरे मास्क बितरण 

आशिष माल – बैतडी – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं ९ का  व्यवसायी भुपेन्द्र सिँह मालले ग्राहकहरुलाइ मास्क वितरण गरेका छन । हिन्दु नेपालिहरुको महान  पर्व तिज र गौरा को लागि बजारमा सामान किनमेल गर्न आएका १०० जनालाई निशुल्क मास्क वितरण गर्नु भएको हो ।

कोरोना महामारिको संक्रमणबाट सुरक्षीत रहन मदत पुगोस भन्ने हेतुले आफुले पसलमा सामाना खरिद गर्न आउने ग्राहकहरुलाइ निशुल्क मास्क वितरण गरेको दुर्गालेडिज कलेक्सनका सञ्चालक भुपेन्द्र मालले जानकारीदिनु भएको छ ।

यस्तै मास्क वितरण कार्यक्रम निरन्तर जारिरहने उहाँको भनाइछ । कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा बजारमा पनि किन मेल गर्ने ग्राहकहरुको भिड लाग्ने गरेकाले आफूले मास्क वितरण गरिराखेको व्यवसायी मालले बताउनु भएको छ।