मेलापातमा नै ब्यस्त चेलीहरु भन्छन पढ्ने रहर नभएको कहा होर ?

रिदम सिंह: शिक्षा मानव जीवनको अभिन्न पाटो हो । जसले मानव जीवनको एक लक्ष निर्धारण गर्ने गर्छ । संविधानले आधारभूत तहसम्मको शिक्षा निःशूल्क र अनिवार्य हुने तथा माध्यमिक तहसम्मको शिक्षा निःशूल्क हुने व्यवस्था गरेको भएपनी त्यो ब्यबस्थाले अझैपनी देशका दुरदराजका गाउहरुलाई भने छुन सकेको छैन । गाउैपिच्छे बिद्यालयहरु भएपनी अझैपनी दुर्गमका जनतामा शिक्षाको महत्वको प्रभाव खासै पर्न सकेको पाईदैन् ।
अझैपनी कतिपण् नानीबाबुहरु सामान्य शिक्षा पाउनबाट बञ्चिलत भएको पाईन्छ । पढेरपनी के नै हुन्छर भन्ने मान्यताले ब्याप्त हाम्रो समाजे अझैपनी शिक्षा अपरिहार्य हो भन्ने कुरालाई स्विकार गर्न सकेको पाईदैन् । कहिला कापीकलम समाउने हातहरुमा ढोकोनाम्लो थमाईन्छ, अनी पढाईन्छ बनपाखा, घास दाउरा, आखिर यही नियती हो दुर्गमका बासिन्दाको । पढाईभन्दा पनी कामलाई जोड दिने परम्पराले जरो गाढेर बसेको समाजको मानसपटलमा अझै पनी जीवनको मार्ग तय गर्ने शिक्षा हो भन्ने कुराले प्रवेश पाउन सकेको छैन ।
छोराभन्दा छोरी शिक्षाको पहुचभन्दा बाहिरः
छोरा नै सर्वश्व सम्झने परम्परा अझैपनी समाजमा कायमै रहेको छ । शिक्षामा समेत लिङ्गको आधारमा समेत शिक्षालाई बर्गिकरण गर्ने गरिन्छ । छोरालाई नीजी स्कुलमा महङ्गो शुल्क तिरेर स्कुल पठाउने हाम्रो समाजमा छोरी भोली अर्काको घरमा जाने हो भन्दै सरकारी स्कुलमा पठाउने गरिन्छ । असल संकार र उचित शिक्षा पाएमा छोरीले पनी छोराजस्तै प्रगति र काम गर्न सक्छन् भन्ने अझै समाजले बुझेको छैन । बिहे गरेको भोलीपल्ट अर्काको घरमा जानेलाई किन ठुलो खर्च गरेर पढाउने सरकारी स्कुलमा पढाए भैगोनी भन्नेहरु पनी अधिकांश भेट्टाउन सकिन्छ ।
अभिभावक नै अशिक्षितः
देशका अधिकांस भागका जनताहरु अझै पनी अनपढ रहेका छन् । राज्यले बर्षेनी करोडौ रकम खर्च गर्दापनी अझै कतिपय अभिभावकहरु आफ्नो नाम समेत लेख्न नसक्ने अबस्थामा रहेका छन् । नेपनल सरकार र केही गैर सरकारी संघ संस्थाहरुले “प्रौढ” कार्यक्रम लागु गरेपनी त्यो प्रभाकारी हुन र सोचे अनुसारको प्रगति हासिल गर्न सकिएको छैन् । जयपृथ्वी नगरपालिका १ की बिमला सिंहले भन्नु भयो “प्रौढ कार्यक्रममा दिईएका कापी कलम मैले त नातीलाई दिए । अब मर्ने बेला पढेर के काम भनेर मैले त जानै छोढे ।”
प्रायः जसो अशिक्षित आमाबुबाहरुले आफुहरुले नपढेर नै जीबन बिताएका छौ तिमिहरु पढेर पो के गर्ने हो र भन्दै छोराछारीलाई स्कुलमा नपठाउने गरेको समेत पाईन्छ । “स्कुल गएर दिन बिताउनु भन्दा त घरको काम गरेको राम्रो नी । डिग्री पढेकाहरुरले त काम पाएका छैनन् हामी जस्ता पहुच र पावर नहुनेका छोराछोरीलाई कसले जागिर दिन्छ । घरको काम गरे भयो त त्यो भन्दा । आखिर जीबन बिताउने कुरा हो जसरी पनी बिताउन सकिन्छ । ” भन्नुहुन्छ सुर्मा गाउपालिकाका फिट्टु सार्की । अभिभावको कारणले पनी धेरैजसो बालबालिका बिद्यालय जान पाएका छैनन् ।
बालमैत्री बिद्यालयको अभावः
बालबालिकका पठनपाठन गर्ने शैक्षिक संस्थाको भवन तथा बिद्यालयमा भएका अधिकांस संरचना बालमैत्री बन्न सकेका छैनन् । स साना बालबालिकाको शैशिक अबस्थामा सुधार ल्याउनका लागी बिद्यालय संरचनाहरु ब्यबस्थित हुन जरुरी हुन्छ । तर कतिपय बिद्यालयका भवनहरु, शौचालय, खानेपानीका धाराहरु, कक्षाकोठाहरु बलैमैत्री बन्न सकेका छैनन् ।
बिद्यालयका संरचनाहरु बलमैत्री नहुले पनी कतिपय बालबालिकाहरु बिद्यालय जान नमान्ने गरेका छन् । बिद्यालयका संरचनामा बालिबालिकाले सहजै आवतजावत गर्ने नसक्ने तथा बिद्यालयका शौचालय, खानेपानीको धारा प्रयोग गर्ने नसक्ने हुदा बालबालिकाहरु बिद्यालय जानमा निरुत्साहित हुन्छन् ।
बालबालिकाहरुलाई सहजता होस भन्ने उदेश्यले बिद्यालयमा अब बन्ने संरचना बालमैत्री बनाउने नारायण मा बि कोे योजना रहेको छ । बिद्यालयका प्रधाना ध्यापक ऐन बहादुर सिंहले भन्नु भयो “बिद्यालयको खाने पानीको धारा बालमैत्री बनाई सकेको र अब क्रमश सुधार गर्दै लैजाने योजना रहेकोे छ ।”
ईच्छा बिपरित पठनपाठनः
बलबालिकाको ईच्छा बिपरित पठनपाठनले पनी बालबालिकालाई खिन्न र उदासिन बनाउने गर्दछ । पठनपाठनको क्रममा बालबालिकालाई रिसाउने पिट्ने, मनोरञ्जन गर्न नदिएर पढाईमा मात्र प्रेसर गर्ने भएको हुदा पनी बालबालिका बिद्यालय जान नमान्ने भएका कारण पनी कतिपण बालबालिकाहरु बिद्यालयको पहुचभन्दा बाहिर रहेका छन् ।
दूरदृष्टिको अभावः
देशको सन्तुलित विकास गर्र्न वर्तमान र भविष्यको लागि के—कस्ता दक्ष जनशक्ति चाहिन्छ भन्ने कुराको प्रभावकारी योजना वनाउनु पर्ने हुन्छ । विद्यमान साधन स्रोतको पहिचान र परिचालन गर्दै समुन्नत समाज निर्माण गर्नको लागि एक महत्वपूर्ण र अपरिहार्य पक्षको रुपमा विद्यालय शिक्षालाई लिने गरिन्छ । तर, हाम्रो देशको सन्दर्भमा वर्तमान र भविष्यका लागि कस्तो विद्यालय शिक्षा चाहिन्छ भन्ने सवालमा राज्यको स्पष्ट धारणा छैन । शिक्षा सम्वन्धी राज्यको दूरदृष्टि नभएपछि प्रणालीगतरुपमा विद्यालय शिक्षा अगाडि बढ्ने कुरै भएन ।
चरम राजनीतिकः
बाल विकास, राहत अनुदान कोटा, पी.सि.एफ तथा दरवन्दी वितरण देखि शिक्षक सरुवा बढुवा र नियुक्तिमा समेत ठाडो राजनीतिक हस्तक्षेप हुन्छ । विद्यालय व्यवस्थापन समिति, जिल्ला शिक्षा समितिको गठन तथा व्लक, भवन र अन्य सरकारी अनुदान वितरणमा समेत राजनीति दलहरुको चरम हस्तक्षेप देखिन्छ जसले गर्दा अवसर र सुविधाको समान वितरण हुन सकेको छैन । यस्तो प्रवृत्तिले सन्तुलित शिक्षा विकास हुनुको साटो सिंगो शैक्षिक प्रणाली नै कमजोर हुने क्रम वढेको देखिन्छ ।
व्यवहारिक पाठ्यक्रमको अभाबः
राज्यले अपेक्षा गरे अनुसारको पाठ्यक्रम अझै पनी बन्न सकेको छैन् । पाठ्क्रम सिकाईको योजना भएपन त्यसले स्थान अनुसारको अपेक्षित फल दिन नसक्दा सो अनुसारको प्रगतिकमा फड्को मार्न सकेको छैन् । पाठ्यक्रमले सिकारुको चाहना, समाजको सपना र राष्ट्रको आवश्यकता पुरा गर्नु पर्दछ । अपेक्षा गरे अनुसारको प्रगति हात लगाउन र दक्ष जनशक्ति उत्पादन गर्नका लागी समाज र राष्ट्रको सपना पूरा गर्न उपयुक्त र सान्दर्भिक पाठ्यक्रमको आवश्यकता पर्दछ । विज्ञान र प्राविधिसँग सम्बन्धित, नेपाली माटो अनुकूलको गुणस्तरीय, वैज्ञानिक, व्यावसायिक तथा नेपालमा विद्यमान साधन र स्रोतको पहिचान एवं परिचालन गर्न सक्ने पाठ्यक्रमबाट मात्र राष्ट्रले अपेक्षा गरेको जनशक्ति प्राप्त गर्न सकिन्छ ।
तर, अझैपनी नेपालका विद्यालयमा पठनपाठन गराईने पाठ्यक्रमहरु वढी परम्परागत र सैद्धान्तिक प्रकृतिका रहेका छन् । साथै नेपाल एक भौगोलिक बिबिधताले भरिपूर्ण राष्ट्र भएकाले पनी यहां सबै भु भागको सिकाई नहुन पनी सक्छ । यसले शिक्षा विकासमा खासै योगदान पु¥याउन नसकिरहेको अवस्था छ । स्थानीय आवश्यकता तथा सम्भावनाहरुको समुचित पहिचान गरेर सोही अनुरुपको पाठ्यक्रम निर्माण गर्न नसक्दा केन्द्रमा बसेर काल्पनिक रुपमा बनाईएका पाठ्यक्रमहरु देशै भर निर्विकल्परुपमा उपयोग गर्ने पुरानै शैलीमा पठनपाठन गराउनाले पनी शिक्षाको गुयास्तरमा परिबर्तन आउन सकेको छैन् । यस्तो अवस्थामा स्थानीय आवश्यकता पनि सम्बोधन हुन सकेको देखिदैन ।