कञ्चनपुरमा लागु औषध चरेश सहित एक जना पक्राउ

धनगढीः कञ्चनपुरमा लागु औषध चरेश सहित एकजना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ६ को बैजथान टोलबाट लागु औषध चरेश सहित स्थानीय ५१ वर्षीय शिवराज भट्टलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले भट्टलाई एक सय ६० ग्राम चरेश सहित पक्राउ गरिएको जानकारी दिए। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले बताए।