कृषक बन्न लाज हैन् गर्भ गरौँ


सरोज सापकोटा: बैज्ञानिक कृषिको अभ्यास र माटोको अधिकतम प्रयोगबिना समृद्ध मुलुकको परिकल्पना गर्न सकिँदैन। कृषि भनेको पेशा मात्र हैन यो प्रकृतिमा गरिने सिर्जनात्मक अभ्यास हो जसले मानव जगतको अस्तित्व यहासम्म ल्याएको छ। नेपाल कृषि सम्भावनामा अग्रपंक्तिमा रहेको मुलुक हो,मूलतस् कृषिप्रधान मुलुक हो।

बालीनाली परम्परागत शैलीबाट चलिरहनु,राज्यले टेक्नोलोजी भित्र्याउन मुख खुम्च्याउनु,युवा आकर्षित हुन नसक्नु र नचाहनु, किसानकै छोराले माटोसँगको सम्बन्ध छाड्दै जानु भनेको आजको समयको लज्जास्पद विषय हो।

हातमा स्मार्ट फोन र ब्यागमा ल्यापटप बोक्दैमा ट्वान्टी फस्ट सेन्चुरीको भईदैन बरु हामी आजको समयमा बाँचिरहेका छौँ भने हामीले हाम्रो श्रोतको अधिकतम् बैज्ञानिक ढंगबाट प्रयोग गरी अन्तराष्ट्रिय बजारमा कृषिका नेपाली उत्पादन पुर्याउन सक्नुपर्छ। मूलतस् यो दूरदर्शिता राज्यले र युवाले उत्तिकै देख्नुपर्छ।कम्तीमा अहिलेको अवस्थामा हाम्रो उत्पादनले हामीलाई पुग्नेगरी उत्पादकत्व बढाउनुपर्छ।

फलफूल, तरकारी, खाद्यान्न सामग्रीमा आपूर्ति गर्दा पनि देशबाट यति धेरै रकम बाहिरिनु अस्वभाविक हो। हामीले सामान्यतया यी कुराहरुलाई नज़रअन्दाज़ गर्दा भोलि हामीलाई फलफूल,तरकारी ताजा पनि हुन्छ र‘भन्ने कहानी झैँ लाग्नेछ।

हलो मात्र एक्लै जोतिदैन हलो समात्ने युवाको हात चाहिन्छ।युवाको हात हलोतिर आकर्षित हुने कुनैपनि कुरा कुनै पनि पाठ्यक्रम र समतामूलक तालिममा लागु गर्न दशकौँदेखि राज्य असफल भएकै हो। बिना टेक्नोलोजी माटोको अधिकतम प्रयोग गर्न र आजको गुणात्मक मागलाई पूरा गर्न कुनैपनि हालतमा कृषितर्फ हामी सफल हुदैनौ।कुनैपनि मुलुक बिकासतिर लम्कने हो भने आफूसँग भएको श्रोतलाई बैज्ञानिक ढंगबाट प्रयोग गरी उत्पादकत्व बढाउदै विश्व बजारलाई चुनौती दिन सक्नुपर्छ।

माटोको परीक्षण र माटो सुहाउँदो उत्पादन आजको आवश्यकता हो।सिंचाईको उचित प्रबन्ध, थोपा सिंचाईँको अवधारणा, बीउ बिजन बैंकको स्थापना, सहुलियत कृषि कर्जा, कृषि सम्बन्धित प्राक्टिकल शिक्षण संस्थाको स्थापना, बजार ब्यबस्थापनका उचित परामर्शका केन्द्रहरु अहिलेका लागि अपरिहार्य छन्। कृषि क्रान्तिको नामको खाकालाई एकातिर थन्क्याएर बिकास र समृद्धिका नाममा माटोको उत्पादकत्वलाई लात मारेर सोही जमिनमा ठूला ठूला भौतिक पूर्वाधार, घरहरुको निर्माण हुनु र भइरहनु बडो भत्सर्नाको विषय हो।

काठमाडौ उपत्यका९काठमाडौ, ललितपुर, भक्तपुर०लाई हेरौँस् हिजो भवन निर्माणका उचित परियोजना र खाका तयार पार्न नसकेको राज्यले उच्च उत्पादकत्व भएको माटोको नाश गरेर आज कौशी खेतीको अवधारणा अगाडि ल्याएको छ।आँखा खुल्दै नखुल्नुभन्दा ढिलै खुलेकोलाई पनि राम्रै मानौँ, कम्तीमा आफ्नो सानो परिवारले ताजा तरकारीको महशुस त गर्न सक्छन् १ तर यसले हामीले खोजेको समृद्धि हासिल हुन सक्दैन।

“होइन छोरा, तिमी माटोमा अभ्यास नगर बरु यो माटो बैंकमा राख्छु तिमी कुनै मुलुक गएर उतै भविष्य सुनिश्चित गर।” आफ्ना सन्तानको सुर्ता सबै अभिभावकले राख्नुहुन्छ यहि अभिभावकको चिन्ता र एकैचोटी भौतिकताको नजिक पुग्ने आशयले युबाहरु बिदेशिएका छन्। हिजो गुजारा टार्ने कुराबाट युवा सोँच परिमार्जन भई आज लाईफ सेटल्मेन्टतिर लागिसक्यो। आफूसँग भएको चिजको प्रयोग गरौ न भन्ने सोँच बिरलै भेटिन्छ। क्षमतावान युबाहरु पलाएन भइरहने अभ्यास अझ लगभग आधा दशक नराम्रोसंग देखिएला आखिर रेमिटेन्सबाट देशको आर्थिक अबस्थालाई धान्नु छ त्यसपछि यो अभ्यास कुनै कुना थन्किने छ किनभने आफूलाई भुलेर धेरै बेर मान्छे अरु भएर हाँस्न सक्दैन।

हिमाल, पहाड, तराइ गरी तीन भौगोलिक विविधताले सिंगारिएको हाम्रो देशको भू-बनावटमा विभिन्न किसिमका फलफूल, अन्नबाली एकैपटक उत्पादन गर्न सकिन्छ। जुन उत्पादनहरु देशैभरि एकैपटक दौडन सक्छन्। यसो गर्दा उपभोक्ताहरु आर्थिक मारमा पर्दैनन् आपूर्ति धेरै हुन्छ। आफ्नो माटोको कृषिलाई उठाउन मन्त्रालय न्यूनतम ब्यवस्थाभन्दा अलि माथि उठ्नुपर्छ।समाजको कृषिप्रतिको चेतनास्तर बिकास हुन जरुरी छ किनभने माटोलाई चिन्ने भनेको किसानले हो कुनै प्रतिनिधिले हैन प्रतिनिधिले किसान चिनोस्। अहिले देखिएको राम्रो पक्ष भनेको युवा उद्यमशीलताको शिर्षकमा भइरहेका कार्ययोजनाहरु जस्तै बाख्रापालन, कुखुरापालन, माछापालन, व्यावसायिक गाईपालन, नगदेबाली,थोपा सिचाईँ अवधारणा,टनेलको प्रयोग गरी बेमौसमी तरकारीको उत्पादन, च्याउ खेती आदि इत्यादि हुन्। यिनै परियोजनाहरुको दायरा अझ फराकिलो बनाउने हो र उद्यमीहरुको जमात बनाउने हो भने समृद्धि निश्चित छ।

बिज्ञानको युग भनेको पिण्ड र झुण्डको अध्ययन मात्र हैन बैज्ञानिकता भनेको आजको समयको मार्गदर्शक हो, हामी बिज्ञानलाई पछ्याएर नै यहाँसम्म छौँ। छिमेकी मुलुकबाट क्विन्टलका क्विन्टल कृषि उत्पादनहरु नेपालमा भित्रनु र भित्रका उत्पादनले बजार नपाएर खेर जानु भन्दा कृषकलाई निरुत्साहित गर्ने अर्को सूचक अरु के होला र रु

स्वदेशकै उत्पादनलाई बढावा दिदै स्वस्थ प्रतिस्पर्धाको सिर्जनात्मक अभ्यास गर्नु आजको आवश्यकता हो। कृषिमा गुणात्मक फड्को मार्नको निम्ति युवाको कलात्मक सोँच,बिचारलाई प्राथमिकतामा राख्नुपर्छ किनभने बिज्ञानको ब्यवस्थापक भनेको युवा नै हो। माटोले योग्यता खोज्दैन दक्षता खोज्छ। माटोप्रतिको धर्म निभाएमात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ।
(लेखक भक्तपुरका किसान हुन्। यो लेख हामीले नेपाली पत्रिकाबाट साभार गरेका हौ ।