तीन दिनसम्म लगातार पानी पर्नेः जल तथा मौषम बिभाग

काठमाडौं। देशको पश्चिमी क्षेत्रमा तीन दिनसम्म अत्यधिक वर्षा हुने भएको छ। लगातार वर्षा हुँदा त्यसबाट हुने क्षतिबाट बच्न मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।

पछिल्लो २४ घण्टामा बागमती, गण्डकी, प्रदेश नं ४ र कर्णाली प्रदेशमा अत्यधिक वर्षा भएको छ। धेरैजसो ठाउँमा ५० मिलिमिटरभन्दा बढी पानी परेको छ। शनिबार दिउँसो र राति बागमती, गण्डकी, प्रदेश नं ५ तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षाको सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले बताए।

कर्णाली प्रदेशमा भने आज धेरै वर्षाको सम्भावना छैन। मनसुनी न्युन चापीय रेखा पश्चिम भूभाग नजिक रहेकाले पश्चिमी क्षेत्रमा वर्षा धेरै हुने सम्भावना छ। एकै छिनमा बादल लाग्ने र वर्षा हुने देखिन्छ। पश्चिमको तुलनामा प्रदेश १ र प्रदेश २ मा भने कम पानी पर्ने छ। सबैभन्दा धेरै पाँचथरको फिदिममा ४७ मिलिमिटर पानी परेको छ।