भारतमा काम गर्न गएका नेपालीबाट पैसा असुल गर्ने बझाङका माइकल पक्राउ

भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट रकम असुलेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ खप्तडछान्ना गाँउपालिका वडा नं ४ घर भई धनगढी बस्दै आएका माइकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको बताएको छ । उनी आफुलाई समाजसेवी भन्दै आएक थिए । (रासस)