बडिमालिकाको पागरखोला वस्ति पहिरोको उच्च जोखिममा

बाजुरा: बाजुराको बडिमालिका नगरपालिकाको पागर खोला वस्ति पहिरोको उच्च जोखिममा परेको छ । गय राति देखिकोे अविरल वर्षात संगै आएको वाढी पहिरोका कारण बडिमालिका नगरपालिका वडा नं ७ रजालीको पागर खोला वस्ति जोखिममा परेको स्थानियले बताएका छन । करीव १ सय घरपरीवार वसोवास रहेको उक्त ठाँउका १८ घर पहिरोको उच्च जोखिममा परेका स्थानिय लक्ष्मिराज पाध्यायले जानकारी दिनुभएको छ ।

वस्ति माथि बाट आएको पहिरोले वस्ति क्षत्र आसपासको जमिन काटान गर्दा सो वस्ति जोखिममा परेको उहाँले बताउनुभएको छ । लगातारको वर्षात संगै आएको वाढी पहिरोले स्थानिय विजयराज पाध्यायको घर समेत वगाएको पाध्यायले बताउनुभएको छ । घरमा कोहि नभएको समयमा पहिरो आउदा घर वगाए पनि कुनै मानविय क्षेति नभएको बताईएको छ ।

सो वस्तिका स्थानिय पहिरोको त्रासले गाँउ छाडेर अहिले आफन्तको घरमा वस्न थालेका छन । पागर खोलामा आएको वाढीले खेती योग्य जमिन कटान गरेको स्थानियले बताएका छन । खेती योग्य जमिन वगरमा परीणत हुदा स्थानियले लगाएको धान वालीमा ठुलो क्षेती पुगेको किसानले गुनासो गरेका छन ।