कोरोनाका कारण बझाङको रेमिटेन्स ओरालो झर्यो

रमेश के सी – बझाङ- पछिल्लो समय कोरोनाको माहामारीका कारण विशेष गरेर सबै क्षेत्रमा नराम्रो प्रभाव परेको देखिन्छ । त्यसको असर बझाङ जिल्लामा भित्रने रेमिटेन्स पनि ओरालो लागेको छ । लकडाउन हुनु भनदा अगाडी मात्रै श्री स्वर्णिम बहुउदेश्य सहकारी संस्था लिमिटेडले मात्रै मासिक ५ ,६ करोड को हाराहारिमा कारोबारहुने भए पनि अहिले भने कोरोनाका कारण मासिक १ करोड जति रेमिटेन्स भित्रने गरेको आठ बर्ष देखि स्वर्णिम बहुउदेश्य सहकारी संस्थाका संचालन गरिरहेका  मोहन बहादुर सिंहले बताउनु भयो । उनले भने “कोरोनाका कारण अहिले विश्वमा नै विपद परेकाले आर्थिक मन्दिका कारण पहिलेको तुलनामा ६० प्रर्तिशतले तल झरेको र कतिपय मानिसले भने विदेश बाट फाटफुट्ट रुपमा पैसा पठाउने गरेको समेत सिंहले बताउनु भयो ।

बझाङ जिल्ला बाट प्राय ःकोरिया , जापान , मलेसिया , कुवेत , अमेरिका, भारत, कतार र अस्टेलीया लगाएतका देश बाट बढी जस्तो रेमिटेन्स आउने गर्दछ । बझाङ बाट भने नेपाल भित्रै २ करोड रुपैयाँ मासिक बाहिरीने गरेको र प्राय ः बझाङमा रहदै आएका मजदुर नेपाली सेना ,प्रहरी , नेपालका विभिन्न सहहरुमा पठनपाठनको लागी गएका विध्यार्थीहरुलाइ अभिभावकहरुले पैसा पठाउने गरेको स्वर्णिम बहुउदेश्य सहकारीका आइएमइ संचालक राजेन्द्र बहादुर सिंहले बताउनु भयो । पहिलाको तुलनामा विदेश बाट पैसा कम आउने गरेको तहल्का डटकमका संचालक विष्नु खड्काले बताउनु भयो । रेमिटेन्सबाट आउने पैसाले धेरै मानिसहरुले गुजारा गर्ने गरेका छन ।

१० महिना देखि थलारा गाउँपालीका ९ घर भै कोरियामा काम गर्दै आएका श्याम विष्टले भने “केहि महिना अगाडि भने २ लाख भन्दा बढी पैसा घर पठाउने गरेको र अहिले पहिलेको जस्तो काम नहुने भएकाले ओभरहेट काम समेत गर्न नपाएकाले १ लाख ३० हजार जति घरमा पैसा पठाउने गरेको र कोरियामा रहेका कति कम्पनिहरु समेत बन्द अवस्थामा रहेको विष्टले बताउनु भयो । कोरोनाका कारण धेरै जसो मानिसहरुको रोजगार गुमे पछि आफ्नो घर फर्केका छन ।

यति बेला स्थानिय सरकारले समेत स्थानिय स्तरमै रोजगार दिनु पर्ने र स—साना उद्योग धन्दा देखि कृर्षि र पशुपालनमा जोड दिइ आत्म निर्भर हुने खालका कार्यक्रममा जोड दिनु पर्ने युवाको अधिकारको लागी ओकालत गर्दै आएका प्रगतिशिल युवा समाजका सदस्य प्रविन्द्र धामीले बताउनु भयो । बझाङ बाट मात्रै हाल धेरै जसो मानिसहरु बैदेशिक रोजगारका लागी विदेश गएका भए पनि एकिन तथ्याङ्क भने छैन । भारतमा रहेका धेरै जसो बझाङीहरु भने , कोरोनाका कारण घर फर्कि सकेका छन । यति बेला थलारा गाउँपालीकाले भने , युवाहरुलाइ लक्षीत गरि कृर्षि , पशु ,सिपमुलक र प्रत्यस वडा बाट युवाहरु संग जोडिने स्वरोजगारका कार्यक्रमलाइ प्राथमिकतामा राखेको गाउँपालकिा अध्यक्ष भुवनेश्वर उपाध्यायले बताउनु भयो ।