रेडियम लामिछाने स्मृति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको बैतडी जिल्ला समिति गठन

जनक साउद – बैतडी – रेडियम लामीछाने स्मृति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको बैतडी जिल्ला समिति गठन गरिएको छ । प्रतिष्ठानको सुदुरपश्चिम कार्य समितिको जुम अनलाईन बैठकबाट जिल्ला समिति गठन गरिएको हो ।

बैतडी जिल्ला समितिको संयोजकमा भागरथी भट्ट चयन हुनुभएको छ । यस्तै सह–संयोजकमा गणेश बोहरा, सचिबमा नरेन्द्र महरा र सहसचिबमा दिनेश बहादुर मडै नियुक्त हुनुभएको छ ।

कोषअध्यक्षमा मिना कुमारी भण्डारी, सदस्यहरुमा शम्बु सिह बिष्ट, भुमिका बोहरा, कमलेश भण्डारी, दिनेश बोहरा, लोकेन्द्र बोहरा, रमेश सिह महता, पल्लप राज जोशी र राजेन्द्र प्रसाद जोशी चयन भएको प्रतिष्ठानको बैतडी जिल्ला समिति सचिब नरेन्द्र महराले बताए । रेडियम लामीछाने स्मृति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको बिधि, बिधान, मुल्य र मान्यता भित्र रही प्रतिष्ठानलाई गतिशिल बनाउन भुमिका खेल्ने उनले बताए ।

खास गरी उक्त प्रतिष्ठानले सडक दुर्घटनाको बारेमा सचेतनामुलका कार्य गर्ने र दुर्घटनामा परी ज्यान गुमाएका परिवारहरुलाई सहयोग गर्ने सचिब महराले बताए ।