बुधबार बझाङमा ७ महिने शिशु सहित बझाङमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

मकरराज धामी, बझाङ । बुधवार बझाङमा ७ महिने शिशु सहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक प्रयोगशाला धनगडी र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा बझाङका ७ जना महिला र ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक प्रयोगशाल धनगडीमा भएको पिसीआर परिक्षणमा खप्तडछान्ना गाँउपालिकाकी ७ महिने शिशुमा कोरोना संक्रमण देखिएको छ । जिल्ला अस्पताल बझाङका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीका अनुसार डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा केदारस्युँ गाँउपालिका वडा नं ८ र ३ मा ४ बालबालिका सहित ७ जना र दुर्गाथली गाँउपालिकामा एक महिला ३ पुरुषमा कोरोना पुष्टि घएको छ ।

यस्तै सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा जयपृथ्वी नगरपालिकाका २६ बर्षका एक पुरुष, मष्टाका २० बर्षकी एक महिला र खप्तडछान्ना गाँउपालिकामा एक ७ महिने बालिकामा कोरोनाको संक्रमण देखियो छ ।

कोरोना संक्रमण देखिएका १४ जना मध्ये ५जना बालबालिका रहेका छन । यो संगै बझाङमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ ।