विधुतको लाइन विस्तार गर्न ध्यानाकर्षण पत्र

सत्यराज सिंह बझाङ । जयपृथ्वी नगरपालीका वडा नं. १ कैलासमा विधुत लाइन विस्तारका लागी युवाहरुरुले नेपाल विधुत प्राधिकरण बझाङ वितरण केन्द्रलाइ ध्यानाकषर्ण पत्र बुझाएका छन । कैलासमा पोलहरु गाढेको धेरै समय भैसक्दा पनि लाइन विस्तारमा कसैले चासो नदिए पछी स्थानिय बासीहरुले नेपाल विधुत प्राधिकरण बझाङ वितरण केन्द्रलाइ विधुत प्रसारणका लागी हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन ।
यता वितरण केन्द्रका प्रमुख राकेश प्रसाद भट्टले भने , लकडाउनका कारणले सामान ढुवानीमा ढिला भएको ठेकदारले समस्या आफुमाझँ राखेको बताउनु भयो । राष्टिय युवा संघ नेपाल जिल्ला कमिटी सदस्य भवसागर सिंहले भने , पोल गाढेको ४ महिना पुग्नै लाग्यो लाइन विस्तारमा कसैले चासो दिएन्न अनि हामी युवाहरु मिलेर छिटो छरितो लाइन विस्तारका लागी पत्र बुझाएका छौ ।
यता जयपृथ्वी नगरपालीका वडा नं. १ का वडा अध्यक्ष गगन बहादुर सिंहले भने आफुले पनि ठेकदार संग पटक पटक फोन बाट लाइन विस्तार छिटो छरितो गर्न अनुरोध गर्दै आएको बताउनु भयो । ध्यानाकर्ष पत्र बुझाउन आएका राष्टिय युवा संघ नेपाल जिल्ला कमिटी सदस्य उतमजंङ सिंहले भने, करिब ४ सय घर परिवार अध्यारोमा बस्दै आएका छन । पोल गाढ्दा खेरी उज्यालो बाल्न पाउने भनी खुसिभएका स्थानियहरु पोल गाढेेेे यतिका समय वित्दा पनि कुनै पहल नभए पछी आफुहरुले ध्यानाकर्षण गराउनका लागी उक्त पत्र बुझाएको बताउनु भयो ।
अहिले विधुत प्राधिकरणबाट वितरण भैरहेको विधुत साविकको हेमन्तवाडा, मोड्तोली गाउँ सम्म ब्यवस्था भए पनी त्यहाँ बाट विधुत जोड्का लागी अघिल्लो साल नेहा कन्टसनले जिम्मा पाएको थियो । तर लाइन विस्तारको काम अधुरो रहेको छ । जयपृथ्वी नगरपालीकाको अन्य वडाहरुमा पनि पोल गाढ्ने काम भए पनी लान विस्तार भने हुन सकेका छैन्न । अहिले जिम्मा पाएको अमृत कन्टक्सनले भने , लकडाउनले सामान ढुवानीमा ढीलाइ भएकाले काम ढिला हुन पुगेको र केहि दिन भित्र कैलासमा गएर पोलहरुको अवस्था बुझेर चाँडै लाइन विस्तारमा लाग्ने बताएको छ ।