दिगो संरचनाको उदाहरण बन्दै जलस्रोतका योजना

रिदम सिंह, बझाङ: जिल्ला स्थित संयुक्तअनुगमन टोलीले ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना वाट संचालन गरिएका योजना कार्यक्रमहरुको अनुगमन गरेको छ । साउन दोस्रो साता स्थलगत अनुगमन हिडेको टोलीले थलारा गाँउपालीका ,छविस पाथीभेरा गाँउपालीका र तल्कोट गाँउपालीका अन्तरगत ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना वाट संचालन गरिएका योजना कार्यक्रमको अनुगमन गरिएको हो ।
संयुक्त अनुगमन टोलीले थलारागाँउपालीका ६ पिखेतमाआनन्द रोकायाको व्यवसायिक तरकारी खेती सोहि गाँउमा र्निमाण हुन थालेको खानेपानी योजना र सडिल र तराटी गाँउको खोनेपानी योजनाको पनि अनुगमन गरिएको थियो । यसका साथै सोहि गाँउपालीका ४ मोयलमा र्निमाण भएकासिचाइ पोखरीको पनि अनुगमन गरेको थियो ।

ग्रामिण जलस्रोत ब्यवस्थापन परियोजनाद्धारा थलारा गाँउपालिकामा निर्माण गरिएको सिँचाई पोखरी ।

अनुगमन टोलीमा जिल्ला समन्वय समितिका संयोजक खडक बहादुर खड्का सहित जिल्ला स्थित नेकपा र काँग्रेसका पार्टी प्रतिनिधि, कोष तथा नियन्त्रण कार्यालय प्रमुख र पत्रकार महासंघका प्रतिनिधि रहेक थिए । साथै सम्वन्धीत पालीकाका स्थानिय सरकारका प्रमुख र जनप्रतिनिधि सहित साँझेदार सस्थाका प्रतिनिधि र परियोजनाका कर्मचारी पनि अनुमनमा रहेका थिए । अनुगमन टोलीले समुदाय स्तरमा योजना वाट भएको फाइदा समस्या चुनौती, सिकाइ, उपलव्धीका बारेमा बुझाविस्तार गरेको टोलीका सदस्य नेकपाका नेता दमन भण्डारीले वताए । उनले भने थलाराका साथै हाम्रो टोलीले छविसपाथीभेरा गाँउपालीकाको पाटागाँउमा एकघर एक धारा खानेपानी योजना , बहुउपयोगी सिचाइ योजनासहित व्यवसायिक तरकारी खेती र सुधारिएको घट्टमा गरिएको सहयोग र यसवाट भएको फाइदाका बारेमा पनि समुदायमा बुझविस्तार गरेका थिऔ । उता, तल्कोट गाँउपालीमा पनि अनुगमनमा गएको टोलीले त्यहाँको पनाल्त गाँउमा गएर सिचाइ कुलो र सुधारिएको घट्ट सहित सुधारिएको चुलो योजनाको बुझविस्तार गरेको थियो ।

ग्रामिण जलस्रोत ब्यवस्थापन परियोजनाद्धारा तल्कोट गाँउपालिकाको पनाल्तमा निर्माण गरिएके सिँचाई कुलो ।

पनाल्तमा स्थलगत अनुगमन गरि समुदायका माान्छेहरु भेलागरि टोलीले जलस्रोत वाट भए गरेका काम र यसवाट समुदायमा भएको फाइदा र गाँउका अन्य समस्या र सम्भावनाका बारेमा छलफल समेत गरेको थियो । तिनै पालीकामा जलस्रोत वाट संचालन भएका योजनाहरुको अनुगमनमा हिडेका जिल्ला समन्वय समितिका संयोजक खड्क बहादुर खड्काले जलस्रोत वाट र्निमाण भएका योजनाहरु समुदायको हित र काम हेर्दा सन्तोषजनक रहेको वताए । उनले भने जिल्लामा अरु परियोजनाभन्दा जलस्रोतको कामगर्ने तौरतरिका ठिक छ योजनामा पारदर्शिता छ सवैको सहभागीता देखीन्छ कामको गुणस्तर र योजनाको दिगोपनका लागी पनि व्यवस्थापन गरिएको देख्दा समग्रमा परियोजनको काम ठिक लाग्यो ।

अनुगमनमा समुदायका मान्छेहरु संग कुराकानीगर्दा जलस्रोतले एकघर एक धारासहित बहुउपयोगी सिचाइ योजना बनाइदिदाँ गाँउलेहरु लाइ धेरै फाइदाँ भएको वताउदै पत्रकार शैलेन्द्र रोकायाले भने जलस्रोत परियोजनाको जिविको पार्जन साथै पुर्वाधार तर्फका योजनाहरु सवै राम्रै देखीए। कडेलमा बेमौसमी तरकारी खेतीमा टमाटर थुर्पौ फलेको देख्दा अनुगमन टोली प्रभावित भएकाथिए । तल्कोटको पनाल्तमा सुधारिएको धुवा रहित चुलो र्निमाणले त्यहाँका समुदाको खुशी देख्दा जलस्रोतको काम देखेर अनुगमन टोलीमा पनि हौसला मिलेको  छ।


बर्षेनी यसरी संयुक्त अनुगमन टोली वाट योजना कार्यक्रमहरुको अनुगमन सरोकारावालाहरुको अवलोकन भ्रमण गराउदै आएको जलस्रोत परियोजनाले सवैको सुझावलिदै काम अझ प्रभावकारी बनाउदै आएको छ । विगत एक दशक अगाडी देखी जिल्लामा लागु भएको यो परियोजना बझाडका गाँउठाँउको विकासमा सहयोगी हात भएको थलारा गाउपालीका अध्यक्ष भुवनेश्वर उपाध्ययाले वताए । यो परियोजनाले फिलल्याड सरकार युरोपियन युनियन, नेपाल सरकार स्थानिय सरकारको आर्थिक सहयोगमा थलारा, छविसपाथीभेरा, तल्कोट गाँउपालीका सहित अन्य पालीकामा कामगर्दै आएको छ । परियोजनाको साँझेदार सस्थाका रुपमा सामाजिक विकास केन्द्र र जिएसटिडिएस  रहेका छन् ।