नर्स बन्न सुझाव दिने शिक्षकले नै……..(पुरा पढ्नुहोस्)

पूजा परियार .
गोरखाकी प्रतिमा तामाङ उच्च शिक्षा अध्ययनका लागि चितवन आइन् । १६ वर्षमा एसएलसी प्रथम श्रेणीमा पास गरेकी उनको स्टाफ नर्स पढ्ने इच्छा थियो । त्यही इच्छालाई पूरा गर्ने अठोट गरेर घरबाट एक्लै आइन् । परिवारमा आमा, बुबा र २ भाइ छन् ।

बिहानबेलुका घरको चुह्लो बाल्नका लागि उनका बुबा आमाले मेलापात गर्थे । प्रतिमाले पनि स्कुल छुट्टी हुँदा मेलापात गर्ने, गिट्टी कुट्ने काम गरेर बुबाआमालाई सघाउँथिन् ।

तर, सोचेको जस्तो कहाँ हुन्छ र रु कोठा खोजेर बस्न नै मुस्किल पर्‍यो । बल्लतल्ल कोठा भाडामा पाइन्, त्यो पनि ४ हजार रुपैयाँ मासिक

त्यस्तैमा एक दिन खोलाछेउमा गिट्टी कुट्दै थिइन्, बुबाले ‘अर्कोको शहरमा एक्लै पढ्न जान पर्दैन, बरु एउटा केटा खोजेर आफैँ बिहे गर, ठूलो भोज भतेर गर्न सकिँदैन, बरु पोइल जा’ भनेको सम्झिन्थिन् उनी ।

तर, उनको जिद्दीपनका अगाडि कसैको केही लागेन, जसोतसो बुबाआमासँग २० हजार रुपैयाँ मागेर चितवन नै आइन् । त्यति रकमले सबै इच्छा पूरा हुन्छ भन्ने उनलाई लागेको थियो । तर, सोचेको जस्तो कहाँ हुन्छ र रु कोठा खोजेर बस्न नै मुस्किल पर्‍यो । बल्लतल्ल कोठा भाडामा पाइन्, त्यो पनि ४ हजार रुपैयाँ मासिक । घरबाट २ वटा थाल, एउटा डेक्ची र एउटा गिलास मात्रै लिएर आएकी उनले २ महिना त्यसैमा गुजारा चलाइन् ।

पढ्नका लागि कलेज भर्ना हुन जानै सकिनन् । किनकि कलेजको फिबारे थाहा पाएर नै हरेस खाएको थियो उनको मनले । अब भने प्रतिमालाई पढ्नभन्दा काम गर्ने अनि पैसा कमाउने मोह जाग्यो ।

नचिनेको ठाउँमा के काम गर्ने, कहाँ जाने, कसलाई भन्ने यस्तैयस्तै अनेक तर्कना मनमा खेलाउँदै बसेको बेला उनी बसेकै घरमा बस्ने एक जना (मञ्जु) दिदी आइन् ।

काम दिने पक्का गरे । पहिलो दिन नै ५ हजार रुपैयाँ एड्भान्स दिए, मासिक तलब भने १० हजार रुपैयाँ तोकियो

केही क्षणको गफगाफपछि मञ्जुले ‘काम गर्ने हो रु’ भनेर सोधिन् । यो सुन्नेबित्तिकै, ढुङ्गा खोज्दा देउता मिलेझैँ भयो प्रतिमालाई । होमा हो मिलाउँदै काम गर्न सहमति पनि जनाइहालिन् ।

मञ्जु बितेका ६ वर्षदेखि चितवनको नारायणगढ बजारमा रहेको एक दोहोरी साँझमा गीत गाउने रहिछिन् । प्रतिमालाई त गीत गाउन नआउने । त्यसैले उनले काम पाइन् वेटरको, अर्थात् ग्राहकलाई खाना सर्भ गर्ने ।

गोरो वर्ण, मिलेको जिउडाल, चम्किला आँखा, लामो कपाल, मिलेका दाँत, मसिनो आवाज अनि लजालु स्वभाव, प्रतिमालाई देख्नेबित्तिकै दोहोरी साँझको साहुले काम दिने पक्का गरे । पहिलो दिन नै ५ हजार रुपैयाँ एड्भान्स दिए, मासिक तलब भने १० हजार रुपैयाँ तोकियो ।

प्रतिमाको खुसीको सीमा नै रहेन । मञ्जुलाई धन्यवाद दिइन् । घरमा फोन गरेर आफू अब जागिरे भएको आमाबुबालाई सुनाउन मन थियो तर न घरमा फोन, न उनीसँग, त्यसैले सुनाउन सकिनन् ।

दोहोरी साँझ त एउटा बहाना मात्रै बनेको थियो, भित्रभित्रै भने म ए-डिक भइसकेकी थिएँ । एक डोज मात्रै खानका लागि पनि दोहोरी साँझ नै बेस्ट

दोहोरी साँझबाटै दुर्व्यसनीमा

दोहोरी साँझमा उनको ड्युटी साँझ ६ बजेदेखि १२ बजेसम्म हुन्थ्यो । रातमा आएका ग्राहकको सेवा गर्ने अनि दिनभर सुत्ने, साँझ भएपछि दोहोरी साँझ, यसरी नै बित्न थाले प्रतिमाका दिनहरू ।

विस्तारै त्यहाँ आउने ग्राहकसँग सम्पर्क बढ्यो । ग्राहककै इच्छाअनुसार चुरोट, र(क्सी पिउँदापिउँदै उनको दिनचर्या पनि परिवर्तन हुन थाल्योे । ग्राहकले जे दिन्छ त्यही खान थालेपछि उनलाई ला(गूऔषधमा फ(सेको पत्तै भएन । उनी अब, सामान्य कामदार मात्र रहिनन्, ला(गुऔषध प्रयोगकर्तासमेत बनिन् ।

उनी भन्छिन्, ‘दोहोरी साँझ त एउटा बहाना मात्रै बनेको थियो, भित्रभित्रै भने म ए-डिक भइसकेकी थिएँ । एक डोज मात्रै खानका लागि पनि दोहोरी साँझ नै बेस्ट थियो ।’

दोहोरीको कमाइबाहेक महिनामा ७० हजार रुपैयाँसम्म कमाउने प्रतिमाले हरेक दिन फरकफरक पुरुषलाई सन्तुष्ट पार्नुपर्ने

लागुऔषधको जालमा फसेकी उनलाई प्रयोगकर्ता मात्रै बनाइएन, यौ(न व्यवसायीसमेत बन्न बा(ध्य भइन् । दोहोरी साँझको कमाइ महिनाको १० हजार रुपैयाँ थियो । त्यति पैसा उनलाई कोठाभाडा तिर्न र खानामै सकिन्थ्यो । तर, लागुऔषध प्रयोगकर्ता बनेपछि लागुऔषधकै जोहो गर्नका लागि भए पनि यौन व्यवसायमा लागेको उनले बताइन् ।

उनी भन्छिन्, ‘दोहोरीको कमाइ आउन ३० दिन काम गर्नुपर्थ्यो, आफूलाई ब्राउन सुगर दिनकै चाहिने, अनि त्यसका लागि एक रात नै काफी थियो ।’

दोहोरीको कमाइबाहेक महिनामा ७० हजार रुपैयाँसम्म कमाउने प्रतिमाले हरेक दिन फरकफरक पुरुषलाई सन्तुष्ट पार्नुपर्ने हुन्थ्यो । नशामै सही तर उनी आफूसँग आएका ग्राहक अन्त नजाऊन् भनेर एक जनालाई एक रातको समय दिने र उसले चाहेजस्तो सबै सेवा दिएर पैसा कमाउँथिन् ।

आफ्नै शिक्षक ग्राहक

व्यवसायमा रहँदा उनले धेरै होटलसँग सम्पर्क बढाएकी थिइन् । सोहीअनुसार ग्राहक आउँथे होटलमा । हरेक रातझैँ उनी आफ्नो शरीरलाई फुर्तिलो बनाएर होटल पुगिन् । होटल पुग्नेबित्तिकै लागुऔषध (सिरिन्ज) प्रयोग गरिसकेकी थिइन् ।

दुःखै गरेर भए पनि पढ, अनि म बिरामी हुँदा मेरो उपचारचाहिँ फ्रिमा गर है भन्थे, उनैले मेरो शरीर लुटे, पानीको ‘प्यास’ बुझाएझैँ पैसाले यौवनको प्यास बुझाए

मस्त थिइन् न(शामा, ग्राहकको अनुहारसमेत नहेरी उनी यौन क्रियाकलापमा लिप्त भइन् । रातको ३ बजेपछि जब उनी होसमा आइन्, अर्थात् नशाले छोड्यो, आफूलाई निर्वस्त्र पाइन्, बेडको आडैमा थिए ग्राहक । ती ग्राहक अरु कोही नभएर उनलाई पढाउने एक शिक्षक थिए ।

उनी भन्छिन् ‘म छाँगाबाट खसेजस्तै भएँ, मलाई आफ्नो शरीरमा कपडा लगाउन पनि मनै लागेन । ती सरलाई ‘सर’ भनेर सम्बोधन पनि गर्न चाहिनँ, घचघच्याएर उठाएँ, ग्राहक शब्द प्रयोग गरेँ । अनि आफ्नो कोठाबाट निस्किन भनेँ, उनी पनि सरक्क उठेर गए ।’

शिक्षक गएपछि उनी मुखमा कपडा कोचेर ३ घण्टा रोइन्, उनलाई ‘घिन’ लाग्यो । ‘जुन शिक्षकले उनलाई तिमी पढाइमा अब्बल छौ, स्टाफ नर्स बन्नेर देखाऊ, दुःखै गरेर भए पनि पढ, अनि म बिरामी हुँदा मेरो उपचारचाहिँ फ्रिमा गर है भन्थे, उनैले मेरो शरीर लुटे, पानीको ‘प्यास’ बुझाएझैँ पैसाले यौवनको प्यास बुझाए ।’

ग्राहकरूपी भविष्यका पथप्रदर्शक आफ्नै शिक्षक पनि उनकै यौवनलाई भरपूर पिएर उनैलाई खोक्र्याउँदै गए । टोलाउँदै थिइन्, कानको छेवैमा उही आवाज गुञ्जिन्छ, ‘प्रतिमा होमवर्क गर्‍यौ रु’

‘गरेकी छु सर ।’

‘स्याबास १ कक्षामा नमुना विद्यार्थी’ भन्दै धाप मारेको हात सम्झिन्छिन् । अनि उनै अभिभावकरूपी हात एक यौ’नप्यासीको रूपमा आफ्नै शरीरमा चलमलाएको सम्झिन्छिन् ।

सोच्दासोच्दा टेकेको धरातल झरेको, भूकम्प गएझैँ महसुस उनलाई भयो । वास्तवमा त्यो प्रतिमाको मनको भूकम्प थियो । आफ्नै विगतप्रतिको पश्चात्ताप, आफ्नै शिक्षकलाई आफ्नै शरीर लु’टाउनुको पश्चात्ताप, अनि आफ्नै मूल्यहीन बन्दै गएको बैँसप्रतिको ग्लानि ।

कालो रात, सुनौलो बिहानी बन्दै झलमल्ल उज्यालो भयो, त्यही रातलाई आफ्नो जीवनको अन्तिम कालो रात बनाउँदै अब कसैलाई प्यास बुझाउने पानी आफ्नो शरीर नबनाउने निधो उनले गरिन् । ला’गुऔषधको लतबाट निस्कने अठोट गरिन् ।

अनि छोडिन् यौ’न व्यवसाय:

कम मेहनत, कमाइ पनि राम्रै हुने, अनि भनेजस्तै गरी ला’गुऔषध प्रयोग गर्न पनि पाउने भएपछि दोहोरीको भन्दा यौ’न व्यवसायमै २ वर्ष बिताएकी प्रतिमाले एक्कासि व्यवसाय छोड्ने अठोट गरिन् ।

बितेका २ वर्षमा पैसा र ला’गुऔषधका लागि यौ’न व्यवसायी बनेकी उनलाई कति जनासँग रात काटेँ भन्ने यादसमेत छैन । तर, धेरैजसो २० देखि ४० वर्ष उमेरका पुरुषहरू आफूसँग रात कटाउन आउने उनी बताउँछिन् ।

आफूमा दृढ इच्छाशक्ति भए, दु’र्व्यसनीदेखि ही’नताबोध भए आफूलाई परिवर्तन गर्न सकिने उनको अनुभव

लत छाड्न मुस्किल परेपछि

गाँ’जा, चुरोट, रक्सी, ट्ब्यालेट, सिरिन्ज हुँदै ब्राउन सुगरलगायतका महँगा लागुऔषध सेवन गर्ने बानी परेकी उनलाई सुरुसुरुमा लत छाड्न निक्कै मुस्किल पर्‍यो । उनी १ महिनासम्म आफ्नो कोठाबाट बाहिर नै निस्किनन् ।

‘ड्रगको प्यास मात्रै हो र कहिलेकाँही यौ’नको प्यास पनि हुने, लामो समयदेखि हरेक रातको ‘लत’ जो लागेको थियो । त्यो बेला अनेक थरी फिल्म हेरेरै भए नि आफ्नो ‘लत’ छुटाउने कोसिस गरेँ,’ उनी भन्छिन् ।

तर, अठोट थियो विगतमा नफर्किने, उनको लतलाई दृढ इच्छाशक्तिले जित्यो । दु’र्व्यसनमा फ’सेकाहरूलाई दु’र्व्यसनमुक्त बनाउन धेरै सुधार केन्द्रहरू पनि छन् । जहाँ पैसा तिरेर आफ्नो ल’त छुटाउन सकिन्छ । तर, आफूमा दृढ इच्छाशक्ति भए, दु’र्व्यसनीदेखि ही’नताबोध भए आफूलाई परिवर्तन गर्न सकिने उनको अनुभव छ । भन्छिन्, ‘आत्मसंकल्प गर्ने हो भने जस्तोसुकै लत पनि छाड्न सकिने रहेछ ।’

ब्युटिसियनसँगै ट्रेनर पनि:

प्रतिमा अहिले २८ वर्षकी भइन् । अहिले उनी एक ब्युटिसियनसँगै ट्रेनर पनि हुन् । दुर्व्यसनबाट बाहिरिने प्रयासमा उनले आफूलाई ब्युटिसियन तालिममा अभ्यस्त गराएकी थिइन् । त्यही तालिम, उनको मिहिनेत, लगनशीलता अनि दरिलो आत्मविश्वासले उनलाई आज यो स्थानसम्म ल्याएको हो ।

उनको रहर स्टाफ नर्स बन्ने थियो । तर, परिस्थतिले उनलाई त्यो बन्न दिएन । उनी आज जे छन्, त्यसैमा खुसी छन् । त्योभन्दा बढी खुसी उनलाई दुर्व्यसनबाट मुक्त भनेर सुधार केन्द्रमा गई आफ्नो कथा सुनाउँदा मिल्ने बताउँछिन् ।

अहिले उनको परिवारसमेत उनकै कमाइमा चलिरहेको छ । बुबाआमालाई अर्काको अर्मपर्म जानै पर्दैन, दुई जना भाइलाई पनि चितवनमै राखेर पढाएकी छन् । त्यसैले सन्तुष्ट छिन् प्रतिमा ।

अन्त्यमा, उनी भन्छिन्, ‘ड्रग्समा लागेका महिला आफ्नो लतकै कारण यौन पेसामा धकेलिएका हुन्छन् । उनीहरू त्यसबाट मुक्त हुन पनि चाहन्छन् । यदि राम्रो परामर्श अनि उपचार पाउने हो भने सजिलै दुर्व्यसनको जालबाट बच्न सकिन्छ ।’

[पूजा परियारले तयार पारेको यो सामाग्री हामीले शिलापत्रबाट लिएका हाैँ]