बझाङको सुनकुडा क्याम्पस सहित सुदुरपश्चिमका नौ क्याम्पस नमुना क्याम्पसको सुचिमा

सुदूरपश्चिम प्रदेशका ९ वटा क्याम्पसलाई नमूना क्याम्पसका रुपमा स्तरोन्नतिकाे लागि छनाैट गरिएकाे छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरर्गत उच्च शिक्षा महाशाखाले स्तरोन्नतिका लागि ४३ क्याम्पस मध्ये ९ क्याम्पसलाई छनौट गरेको हो ।
असार ३० गतेको मन्त्रीस्तरीय निर्णयबाट बझाङको सुनकुडा बहुमुखी क्याम्पस, दार्चुलाको खलंगामा रहेको दार्चुला बहुमुखी क्याम्पससहित, अछामको अछाम बहुमुखी क्याम्पस, कञ्चनपुरको महाकाली बहुमुखी क्याम्पस, कैलालीको घोडाघोडी बहुमुखी क्याम्पस र डडेल्धुराको त्रिवेणी क्याम्पस जोगबुढा नमूना क्याम्पसको रुपमा स्तरोन्नतिका लागि छनौट भएका छन् ।
यस्तै डोटीको केदारजोति कुञ्ज बहुमुखी क्याम्पस, दार्चुलाको दार्चुला बहुमुखी क्याम्पस, बाजुुुको बाजुरा बहुमुखी क्याम्पस र बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस समेत छनौट भएको उच्च शिक्षा महाशाखाले जनाएको छ ।