बैतडीमा बाँदर धपाउने यन्त्र बाडियो

जनक साउद,बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले किसानहरुलाई बाँदर भगाउने यन्त्र वितरण गरेको छ । नगरपालिकाको बाँदर प्रभावित क्षेत्रका किसानहरुलाई एक सय थान बाँदर भगाउने यन्त्र वितरण गरिएको नगर उपप्रमुख मिना चन्दले बताईन ।

बाँदर प्रभावित क्षेत्रका किसानहरुको समस्यालाई मध्यनजर गरेर नगरपालिकाले आफ्नै लागानिमा स्याँङजा जिल्लाबाट १ सय थान बाँदर भगाउने यन्त्र मगाएर वितरण गरेको उनले बताईन ।

उक्त यन्त्र बाँदर भगाउनका लागी भरपर्दाे यन्त्र भएको भन्दै उहाँले एक चोटी यन्त्र पटकाउदा २० ओटा बन्दुक पड्काए बराबरको आवाज निक्लने बताईन । यसबाट बाँदर नमर्ने तर खेतबारीमा लगाएको अन्नबाली खान आएका बेला पड्काएपछि भाग्ने नगरपालिकाले जनाएको छ ।

दशरथचन्द नगरपालिकाको वडा नं ४ , ५ ६ , ८ र १० मा बाँदरले प्रत्येक वर्ष बाली नाली सखाप पार्नथालेपछि किसानहरु हैरान थिए । अहिले नगपालिकाले निशुल्क भगाउने यन्त्रण वितरण गरेपछि बाँदर प्रभावित क्षेत्रका किसानहरु पनि खुसिभएका छन ।

बाँदर आतँकले आक्रान्त बनेका किसानहरुलाई उक्त यन्त्रले खेतबारीमा लगाएको अन्नबाली जोगाउन सहज हुने विश्वास गरिएको छ । दशरथचन्द नगरपालिका भित्र बर्षौदेखि बाँदरले खेतीपातीमा क्षती पु¥याउदै आएको छ ।