नेपाल कम्युनिष्ट पार्टीका पुर्व गाबिस उपाध्यक्ष सहित केही कार्यकर्ता काग्रेसमा प्रबेश

खप्तड नेपाल, बझाङ । बझाङको खप्तड छान्ना गाउँपालिका २ का पुर्व गाबिस उपाध्यक्ष सहित केही ब्यक्तिहरुले नेपाली काग्रेसमा प्रबेश गरेका छन् । तत्कालिन नेकपा एमालेबाट सबिकको लामातोला गाबिसमा निर्वाचित गाबिस उपाध्यक्ष राम गिरी लगायत केही नेकपाका कार्यकर्ताहरुले नेपाली काग्रेसमा प्रबेश गरेका हुन् ।

प्रबेश हुनेमा पुर्व गाबिस उपाध्यक्ष राम गिरी लगायत उनको सम्पुर्ण परिबार, नेकपामा सक्रिय कार्यक्रर्ता गंगाराम गिरी, राम गिरी लगायत उनको सम्पुार्ण परिबार, खप्तड छान्ना गाउँपालिका ४ का सोबिन्द्र रोकाया, युवक रोकाया लगायतका रहेका छन् । नब आगन्तुकहरुले नेपाली काग्रेसको निती नियममा रही आगामी दिनमा सक्रिय भएर लाग्ने सफत समेत खाएको नेपाली काग्रेसका स्थानीय नेता मंगल सुनारले जानकारी दिए ।