स्वास्थ्यकर्मी माथि आक्रमण, आकस्मिक बाहेकका सबै सेवा ठप्प

नहुकल जोशी, बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं १ स्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले आकस्मीक र प्रसुती सेवा बाहेकका सवै सेवा आज देखि वन्द गरेको छ । गयराति केशर भाट नेतृत्वको समूहले ड्युटीमा रहेका अहेव सिहंराज गिरीको हात भाचिने गरी आक्रमण गरेको भन्दै आकस्मीक बाहेकका अन्य सेवा अनिश्चितकाल सम्मका लागि बन्द गरिएको विज्ञप्ती मार्फत जनाएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा राजुराज जैसीको हस्ताक्षरित विज्ञप्तीमा अमानवीय घटना घट्नुले अहोरात्र निवार्थ सेवामा तल्लीन समग्र स्वास्थ्यकर्मीको मनोबल गिर्ने र सेवा प्रवाहमा समेत गम्भीर असर पर्ने हुदा नेपाल सरकार, प्रदेश सरकार, गृह प्रशासन र स्थानिय सरकार संग सुरक्षाको प्रत्याभुति गर्न आग्रह गरेको छ ।
गयराति सवा ११ बजे कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी सिँहराज गिरी गयराति ड्युटी समयमै कुटपिटमा पर्नुभएको घटना प्रति स्वास्थ्य केन्द्र कोल्टीले गम्भीर ध्यानार्कषण भएको जनाएको छ । रा

ड्युटी समयमा मदिरा सेवन गरेर आएका केहि युवाहरुले हातपात गर्दा स्वास्थ्यकर्मी गिरीको हात भाँचिएको छ । राति सवा ११ बजे तिर प्राथमिक स्वास्थ्य केन्द्रमा आएका केशर भाट र भरत भाट सहितका केटाहरुले आफूलाई कुटपिट गरेको अहेव गिरीले बताउनुभयो । उ

राति आय स्वास्थ्य केन्द्रमा आय, भाइलाई चोट लागेको छ र यो पुलिस केश भएकाले छिटो उपचार गर्नु पर्ने भने, मैले प्रहरी कोहि पनि नदेखे पछि खोई पुलिस छैनन त उसो भए प्रहरीले बनाइ दिएको केस जाँच फारम ल्याउनुहोस त्यसपछि मात्र उपचार गर्छु भनेपछि तँलाई किन कागज चाहियो भन्दै उनीहरुले हात हाल्न थालेको त्यसैविचमा दोहोरा हात हालाहाल भएको अहेव गिरीले बताउनुभएको छ ।

पिडित गिरीले उनीहरु ८÷९ जनाको संख्यामा भएको र ढोकामा हानेर ढोका फूटने स्थिति भए पछि आफू स्वयम ग्यालरीमा आएको र बाहिर उनीहरुको समूहले आफूमाथि कुटपिट गरेको अहेव गिरीले बताउनुभयो ।
यता पिडक पक्ष भनिएका केशर भाटको फोन स्वीचअफ छ भने उहाँका अंकल तथा बुढीनन्दा नगरपालिका वडा नं ६ का अध्यक्ष दलबहादुर भाटले गयराति झगडा भएको स्वीकार्नुभएको छ । उहाँले दिउसो फूटवल खेल्ने क्रममा आफ्नो छोरा टारजन भाट र सुनिल शाहीले झगडा गरेछन । टारजनलाई चोट लागेको रैछ ।

आफूलाई सामान्यै होला भन्ने लागेको थियो । राति केशर आयछ र उसले चोट लागेको छ उपचार गर्न लिनुपर्छ भन्दै स्वास्थ्य केन्द्र पुर्याए पछि सिङ्ग भाइले प्रहरीको केश फारम ल्याए मात्र उपचार गर्छू भन्दा सामान्य भना भन भएको र त्यसै विचमा अहेव सिहराज गिरीले कुर्चीले हानेकाले झगडा भएको उहाँले बताउनुभएको छ । झगडामा भरत भाटको औला फ्याक्चर भएको पनि उहाँले बताउनुभएको छ ।
यता इलाका प्रहरी कार्यालय कोल्टीले घटना सामान्य भएको र कुटपिटमा संलग्न मध्य एक जनालाई नियन्त्रण लिएको र अन्य काम भै रहेको जनाएको छ । उता प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजुराज जैशीले कार्यालयको ड्युटी समयमा हातै भाँचिने गरी स्वास्थ्यकर्मी माथि कुटपिट गरेको प्रति निन्दा गर्दै आवश्यक कारवाहिका लागि प्रक्रिया अगाडी बढाउने बताउनुभएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिको बैठक बसेर सो भटना प्रति आपत्ति जनाएको छ । हाल कोरोना भाइरसको महाँमारिका कारण स्वास्थ्य क्षेत्र निकै सम्वेदनशिल अवस्थामा रहेका भए पनि स्थानिय स्तरबाट त्यसको कार्यान्वयन नभएको र सम्वन्धीत निकायले पनि कुनै ध्यान नदिएको प्रति भने नागरिकले गुनासो गरेका छन ।