घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

रमेश के सी – बझाङ – बझाङ एक महिलाको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका– १ भन्डारकि २६ वर्षीया सर्मिला विष्टको भिर बाट भन्ने ठाउँमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ ।

आइतबार विहान ७ बजे साथीहरु संग घाँस काट्न भनेर घर बाट निस्किएकी र घाँस काट्ने ठाउँ पुगेको १ घन्टा पछी उनि सडक माथी को भिर बाट लडेर सडकको भितामा खसे पछी विष्ट गम्भीर घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल सिमखेत तर्फ लैजादै गर्दा विष्टको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक तथा डियसपी गणेश बमले बताउनु भयो ।

अप्ठ्यारो भिरमा घाँस काटिरहेको अवस्थामा विष्ट चिप्लिएर खसेको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेर गम्भीर घाइते भएको बमले बताउनु भयो । जिल्लाका विभिन्न ठाउँमा बर्सेनि घाँस काट्ने क्रममा भिरबाट लडेर धेरैले ज्यान गुमाउने गरेका छन् । केहि बर्ष अगाढी मात्रै सोहि घरकी एक महिलाको घाँस काट्ने क्रममा सोहि भिर बाट लडेर मृत्यु भएको थियो ।