जिल्ला प्रहरी कार्यालय अछामद्धारा ६ सय ४५ लिटर मदिरा नष्ट

शंकर थापा, अछाम । जिल्ला प्रहरी कार्यालय अछामले बीहीवार ६ सय ९० लिटर कच्चा पदार्थ (पास) सहित ५५ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय कमलबजारबाट खटि गएको प्रहरी गस्ति टोलीले कमलबजार नगरपालीका ८ स्थित एकेन्द्र चलाउनेको घरबाट घरेलु मदिरा वनाउन प्रयोग गरिएका भाँडावर्तन सहित घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ (पास) ६०० लिटर, विरपथ बाट कमलबजार ल्याउँदै गरेको तयारी घरेलु मदिरा २० लिटर मदीरा बरामद गरेको हो ।

यस्तै ईलाका प्रहरी कार्यालय बयलपाटबाट खटि गएको गस्ति टोलीले साँफेबगर नगरपालीका ७ रिडिकोटमा मनसरा बिक र लालबिर लुहारको घरबाट ३५ लिटर तयारी घरेलु मदिरा र कच्चा पदार्थ (पास) ९० लिटर बरामद गरी नष्ट गरीएको जील्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी एवं प्रहरी नायव नीरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

बरामद गरीएको उक्त परिणामको मदिरा स्थानीय जनप्रतिनिधी र बुद्धीजीवीहरुको रोहवरमा नष्ट गरिएको छ । ईलाका प्रहरी कार्यालय कमलबजारबाट खटि गएको प्रहरी गस्ति टोलीले कमलबजार नगरपालीका ८ डुङगाल स्थित प्राकृतिक रुपमा उम्रेका गाँजाका बोटहरु पनि स्थानीय बुद्धीजीवीहरुको सहभागितामा फडानी गरेको जनाएको छ ।