जब एक पुरुषले आफ्नै अण्डकोष काटेपछि

स्याङ्जा । स्याङ्जाका एक ४५ वर्षीय पुरुषले आफ्ना दुुईवटै अण्डकोष काटेका छन् ।

पुतलीबजार नगरपालिका २ काभ्रे सुक बहादुर गुरुङले घाँस काट्ने हसियाले आफ्ना दुईवटै अण्डकोष काटेका छन् । अण्डकोष चुँडिएका गुरुङलाई जिल्ला अस्पताल स्याङ्जा पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि गुरुङलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

गुरुङको मानसिक सन्तुलन ठिक नभएको जनाइएको छ ।