नगरको सार्वजनिक सुनुवाइमा जनप्रर्तिनिधि र कर्मचारी मात्र सहभागी

सत्यराज सिंह – बझाङ – बझाङको सदरमुकाम चैनपुर क्षेत्रमा रहेको जयपृथ्वी नगरपालीकाले विहिबार आयोजना गरेको सार्वजनिक सुनुवाइमा जनप्रर्तिनिधि र कर्मचारीको मात्रै बढी सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानिय सरोकारवाला सहित उपभोक्ताहरुको सहभागिता हुनु पर्ने भए पनि नगरपालीकाले सार्वजनिक सुनुवाइको व्यापक जानकारि नगरि गुपचुपको रुपमा सार्वजनिक सुनुवाइ गरेको सहभागिहरुले गुनासो गरेका थिए । जिल्ला समन्वय समितिको सभाहलमा नगरपालीकाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालीकाले आर्थिक बर्ष २०७६ , २०७७ सालको योजना तथा कार्यक्रमको प्रगति प्रस्तुत गरेको थियो । सभाहलमा योजनामा बजेट विनियोजन गर्ने जनप्रर्तिनिधि र कर्मचारी मात्रै सहभागि रहेकाले सार्वजनिक सुनुवाइको खासै प्रभावकारी नभएको सहभागिहरुले बताएका छन । साथै जयपृथ्वी नगरपालीका १० का वडा अध्यक्ष दल बहादुर विष्ट पनि सार्वजनिक सुनुवाइ गर्नु भन्दा अगाडि नगरपालीकाले सबै हरहिसाब अनुमोदन नगरि एका एक सार्वजनिक सुनुवाइ गरेको हुदाँ आफुलाइ चित नबुझेर बाहिर गएको बताउनु भएको छ ।

जिल्लाको मुटुमा रहेको जयपृथ्वी नगरपालीकाले गर्ने काम काबार्हिहरु अरु पालीका भन्दा चुस्तदुरुस्त नितिनियम संगत पार्दशिता र जवाफदेहि होला भन्ने सबैले अपेक्षा गरेको भए पनि विगत बर्ष देखि नगरपालीकाले यस्तो कुरोलाइ बेवास्था गरेको देखिन्छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालीका इन्जिनियर लाल बहादुर थापाले भौतिक पुर्वाधारको प्रगर्ति विवरण प्रस्तुत गरेका थिए भने लेखा अधिकृत लाल बहादुर खातिले वितिय प्रगति प्रस्तुत गरेका थिए । यस बर्ष नगरपालीकाको कार्य सम्पादनमा कोरोना माहामारिले भएको लकडाउनका कारण केहि प्रभावित भए पनि समग्रमा अन्य कामहरु भने सन्तोषजनक नै रहेको थियो ।

सार्वजनिक सुनुवाइमा सहभागिहरुले योजनामा कमिसन माग्ने गरेको , योजनाहरुको अनुगमन आफुले मात्रै गर्ने गरेको , टुक्रा टाक्रि योजनाहरु आफन्त र कार्यक्रता मुखि भएका साथै नगरपालीकामा आर्थिक अनियमितता समेत हुने गरेको सहभागिहरुले गुनासो राखेका थिए । साथै सार्वजनिक सुनुवाइमा नगरपालीका भित्रका अन्य सेवा प्रवाहको अवस्था सामाजिक आर्थिक सुधारको अवस्था प्रर्तिबेदनमा समेटिनु पर्ने भए पनि नगरपालीकाले भने आम्दानि रकम , खर्च रकम र भौतिक प्रगर्ति मात्रै सुनाएको थियो । नगरपालीकाले सार्वजनिक सुनुवाइमा नगरस्तरिय राजनैतिक दलका प्रमुख, संघ संस्थाका प्रर्तिनिधिहरु साथै जिल्ला स्थित अन्य सरोकारवालाहरुलाइ पनि बोलाएको थिएन । सार्वजनिक सुनुवाइ अलि झारो टार्ने र पुरानै शैलिमा देखिएको पत्रकार महासंघका अध्यक्ष जगदीस रोकायाले भने , जनप्रर्तिनिधि सहितको स्थानिय सरकार आइसके पछि यस्ता कार्यक्रमहर प्रभावकारि हुनु पर्नेमा पुरानै ढंगको कर्मकाण्ड जस्तै देखीयो ।

सार्वजनिक सुनुवाइको सन्दर्भमा बोल्दै जयपृथ्वी नगरपालीकाका प्रमुख प्रसासकिय अधिकृत मंगल बहादुर शाहीले कोरोना भाइरसको कारण धेरै सहभागिहरु हुन नसकेको बताउदै आगामी दिनमा तेस्रो पक्ष बाट सहजिकरणको जिम्मा दिएर प्रभावकारि गर्ने बताउनु भएको छ । सहभागि बाट आएका गुनासाहरुलाइ सम्बोधन गर्दै नगर प्रमुख विरेन्द्र खड्काले चैनपुर बजारलाइ , व्यवस्थित गर्ने र फोहोर व्यवस्थापनका लागि डम्पीङ साइडको निमार्ण गरि गुनासाहरु लाइ आगामी दिनमा सुधार गर्ने प्रर्तिवद्धता व्यक्त गर्नु भएको छ ।