बाजुरामा भीरबाट लडेर एकजनाको मृत्यु

बाजुरा ७ साउन । जिल्लाको बुढीनन्दा नगरपालिका वडा १० पाण्डुसेनमा घाँस काट्न गएका एक जनाको भिरबाट लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका वडा नं. १० का अन्दाजि ३८ वर्षिया गोर्खे लवार रहेका छन् ।
लवार गाई भैँसीका लागि भन्दै बुधबार विहान नजिकैको भिमपानी भन्ने ठाउँमा घाँस काट्न गएका थिए । विहान १० बजेसम्म पनि घर नफर्केपछि आफन्तले खोजी गर्दा लवार भिरबाट लडेर घटनास्थलमा मृत अवस्थामा फेला परेका हुन् । मृतक लवारको आज नै हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने बताईएको छ ।
मृतक लवारको परिवार उनका बुवाको वृद्ध भत्ता र दैनिक ज्याला मजदुरी गरेर परिवारको गुजरा चलाउँदै आएका थिए ।