सुदुरपश्चिम प्रदेश सभा सदस्य मल्ललाई गाँउ जान नदीन विप्लब समुहले बाटोमा संङ्कास्पद बस्तु राखे

डीबी विष्ट, बझाङ । सुदुरपश्चिम प्रदेश सभा सदस्य देबकी मल्ललाई गाँउ जान नदीनका लागी विप्लब समुहले बाटोमा संकास्पद बस्तु राखेकोे छ ।

दुर्गाथली गाँउपालिका वडा नम्बर ५ मा सामान्य भेटघाटका लागी जाने कुरा जानकारी पाएपछि विप्लब समुहले वडा नम्बर १ र ५ को सिमाना खेतीगाड भन्ने ठाउँमा विच सडकमा पर्खाल लगाई कालो प्लाष्टिकमा तार बेरीएको अवस्थामा संङ्कास्पद बस्तु राखेको घटना स्थल बाट सांसद देबकी मल्लले जानकारी दिनु भयो ।

उनले उक्त संङ्कास्पद बस्तु बम भएको हुन सक्ने आसंङ्का गरेकी छन् । प्रदेश सभा सदस्य मल्ल्का अनुसार आफु सहित आफुसंगै रहेका ८।१० जनाको समुहको टोली अहिले सुरक्षित रहेको जानकारी दिनु भयो । संङ्कास्पद बस्तुमा कार्यक्रममा जान नपाईने समेत लेखीएको बुझीएको छ । घटना स्थल तर्फ अहिले जिल्ला बाट नेपाल आर्मीका मेजर तारा खड्काको नेतृत्वमा टोली खटी गएको छ ।