बझाङ प्रहरीले हत्याको घटनामा मुद्दा दर्ता गरेन

बझाङ- बझाङको तल्कोट गाँउपालीका १ सुनिकोट डोरीपाटा गाँउमा गएको चैत्र महिना हत्या गरिएका डबल कुँवरको अहिले सम्म हत्यारा पत्ता लागेको छैन । ७७ वर्षका बृद्ध कुँवर लाइ उनकै पसलमा चैत्र १८ गते राती विभर्षरुपमा हत्यागरेको थियो । हत्या गर्ने व्यक्तिले पसलवाट नगद सहित मालसामान पनि लिएका थिए ।
घटना संलग्न भएको आसंकामा स्थानिय केहि मान्छेहरु लाइ प्रहरीले अनुसन्धानका लागी केहि दिन प्रहरी हिरासतमा राखे पनि उनिहरु लाइ अहिले छोडेको छ । घटना भएको बेला मृतकाका छोराहरु भारत भएकाले त्यो बेला किटानी जाहेर कसैले दिएको थिएन ।

तर प्रहरीले भने यो घटना लाइ दर्ता सम्म गरेको छैन । हाल घर आएका मृतका छोरा गणेश कुँवरले चैनपुरमा पत्रकार सम्मेलन गर्दै भने मेरो बुबाको मृत्यु कर्तव्य नै हो उनलाइ स्थानिय अपराधिक केटाहरुले नै मारेको हो । तर प्रहरीले प्रमाण जुट्न नसकिएको भन्दै संकास्पद व्यक्तिहरु लाइ छोड्दै मुद्दा दर्ता समेत नभएको जानकारी पाएपछि गणेश लाइ न्याय पाउने आस मरेको वताए ।

उनले बुवाको हत्यामा संलग्न व्यक्तिहरु यि यि हुन भनेर नाम समेत प्रहरीमा जानकारी दिदाँ पनि प्रहरीले मुद्दा समेत दर्ता नगरि दिदाँ बझाडको प्रहरी प्रशासन माथी उनको संका छ । उनले भने सरकारवादी यो मुद्दा प्रहरीलेनै मुद्दा दर्ता गरेर अपराधिको खोजी गरि काननु अनुसार कार्वाही गर्नु पर्ने हो तर मैले मुद्दा दर्ता गरिदेउ भन्दा वकिल वाट जाहेरी लेखील्याउ भन्छन् उता वकिलले घटनाको प्रहरी मुजुल्काको अभिलेख ल्याउ भन्छन् प्रहरीले त्यो विवरण दिदै मान्दैन आफुलाइ साहै झन्झट भएको गुनासो गरे । घरमा छोरीको मोवाइलमा गाँउकै केटाबाट भएको फोनकुराकानीमा पनि ज्यान मार्ने सम्मको धम्की दिएको हुदाँ बुबाको ज्यान लिने केटाहरु पनि गाँउकै भएकाले प्रहरीलाइ अनुसन्धान गर्न सजिलो भएको तर प्रहरीलेनै प्रमाण जुट्दैन भन्दै पन्छिन खोजेको उनको भनाइ छ ।

पिडित परिवारले घटनाको बेली विस्तार पत्रकार र मानव अधिकारक्रमीहरु लाइ पनि जानकारी दिएको छ । यस विषयमा सरकारी वकिल कार्यालयका वकिल सन्तोषराज कटुवाल संग पत्रकारहरुले यस घटनाको विषयमा जानकारी लिदाँ आफु कहाँ यो घटना नआएको वताए । उनले भने मैले पनि रेडियोमा सुनेको हो तर घटनाको आधिकारी जानकारी मुद्दाको प्रकृया प्रहरी वाट म कहाँ आएको छैन । प्रहरी डिएपी गणेश बम्मले घटनाको प्रमाण जुट्न नसकिएको ले मुद्दा अगाडी बढ्न नसकिएको वताए । पिडित परिवारले किटानी जाहेरी ल्याए आफु थप अनुसन्धान गर्ने पनि उनले भने ।

बझाङको प्रहरी प्रशासनलाइ यस्ता हत्याका घटनामा अनुसन्धान प्रभावकारी नगर्ने र सत्ता र सक्तीको भनसुनमा चल्ने गरेको आरोप छ । राष्टिय अनुसन्धानका प्रहरी कर्मचारीहरुके पनि यस्ता घटनामा सत्यतथ्य पत्ता लगाउने काममा निष्कृयता देखीएको छ । पाँच वर्ष अगाडी हत्या गरेको बागथलाका एक जना प्रअ जय बहादुर चन्द्रको पनि अहिले सम्म हत्याराहरुले गाहेब गरेको लाष पनि भेटाउन सकिएको छैन । यस्तै जिल्लाका अन्य हत्याका घटनामा प्रहरीले पिडितको न्यायका लागी सक्रियता नदेखाएको गुनासो छ ।