कार्यकर्ता मुखी योजना वितरण गरेको भन्दै थलारा गाँउपालीकामा विरोध

बझाङ – बझाङको थलारा गाँउपालीकामा यस वर्षको बजेट वितरण प्रति विरोध भएको छ । गाँउपालीकाका भित्रका नेपाली काँग्रेस पार्टी वाट जनर्निबाचित प्रतिनिधि सहित काँग्रेसपार्टी समर्थन जनताहरुले शुक्रवार गाँउपालीका केन्द्र थलारा बजारमा नारा जुलुस गरि गाँउपालीका कार्यालयमा पनि नारावाजी गरेका थिए । काँग्रेस समर्थन जनप्रतिनिधिहरुले गाँउसभामा आफ्नो कुराको सुनुवाइ नभएपछि दवावका लागी पार्टीको साथ लिएर कार्यालयमा विरोध जनाएको गरेको हो ।

थलारा गाँउपालीका २ वडा अध्यक्ष हेम खड्काले नेकपा पार्टी समर्थन जनर्निबाचित साथीहरुको बहुमत रहेको थलारा गाँउपालीकामा उनिहरुले काँग्रेस पार्टी वाट र्निबाचित सदस्यहरुको बेवास्था गर्दै आफुखुशी मनोमानी ढंगले कार्यकर्ता र आफ्ना आफ्ना मान्छेलाइ मात्र योजना वितरण गरेको हुदाँ आफुहरु लाइ उनिहरुको यो हरकद चित्त नबुझेकाले विरोध गरेको वताए । खड्काले भने बहुमत छ भनेर उनिहरु जहिले पनि बल मिच्चाइ गर्ने कमीसन खाएर योजना दिने खुलेयाम भ्रष्टचार मौलाएको छ आफु अनुकुल कर्मचारी ल्याएर पालीकामा बेतिथि जमाएका छन् यस्तो अवस्था छ कस्लाइ भन्ने के गर्ने ।

यसभन्दा अगाडी वर्षमा पनि यहाँ काँग्रेस समर्थन जनप्रतिनिधिहरुले योजना बाडफाँडमा गुनासो गरेका थिए । असार १० गते निति तथा कार्यक्रम प्रस्तुत गरेको थलारा गाँउपालीकाले बजेट बाँडफाँड भने असारको अन्तमा आएर मात्र गरेको थियो । ९ वडा रहेको थलारा गाँउपालीकामा प्रत्यक वडामा ४० लाख बजेट दामासाहिले छुट्याएको र अन्य सवै बजेट गाँउपालीका अध्यक्ष लगाएत अन्य प्रतिनिधिहरुले गुपचुपरुपमा कमिसनमा बाँडफाँड गरेको काँग्रेस समर्थन जनप्रतिनिधिहरुको आरोप छ ।
यस वर्ष थालारा गाँउपालीकामा विकास बजेट ११ करोडजती मात्र हो थलारा गाँउपालीका अध्यक्ष भुबनेश्वर उपाध्ययाले भने यसमा २ करोड जती म्याचिड्ग फोन्ड गएको छ बाँकी ४० । ४० लाख वडा लाइ विनियोजन गरि विषयगत शाखाहरु लाइ बजेट राख्दा ठिकै काम गरेकोमा उनि सन्तुष्टि छन् । उनले भने काँग्रेस समर्थन जनप्रतिनिधि साथीहरुको वडामा १ करोड बजेट दिनु पर्यो भन्ने माग थियो यसका साथै विषयगत शाखाको बजेट पनि वडामै दिनु पर्ने र म्याचिड्ग फोन्ड कम गर्नु पर्ने माग हो यो हुन नसकेपछि उनिहरुले विरोध गरेको वताए ।

थलारा विकासको लागी सहि सुझावहरु सवैको ग्रहण गरेको वताउदै अध्यक्ष भुबनेश्वर उपाध्ययाले भने मैले व्यक्ति पार्टीको स्वार्थ भन्दा माथी उठेर निस्वार्थ रुपमा थलाराको हितका लागी कामगरेको छु अनावस्य विरोधको कुनै अर्थ नभएको वताए आफुले स्थानिय सरकार प्रमुखको हैसियतले शुसासन पारर्दशिता र जवाफदेहिता लाइ जोड दिएको वताउदै भ्रष्टचार र भ्रष्टचारजन्य कार्य गरे कसैलाइ क्षेम्मे नहुने पनि उनले भने । सहमती सहकार्यमा जोड दिएको उनको दावि छ । ९ वडा रहेको थलारा गाँउपालीकामा ४ वडामा नेपाली काँग्रेस समर्थन वडा अध्यक्ष सहित अन्य १९ जना काँग्रेस समर्थन जनप्रतिनिधि छन भने पालीका अध्यक्ष उपाध्यक्ष पाँच वडा अध्यक्ष सहित अन्य नेकपा समर्थन जनप्रतिनिधि छन् ।