बाढी पिडितलाइ बिप्लब नेतृत्वको नेकपाका जिल्ला सेक्रेटेरिको सहयोग

अर्थजंग शाही, बझाङ : मल्लेसिका बाढी पिडितलाइ बिप्लब नेतृत्वको बिद्रही नेकपाका जिल्ला सेक्रेटेरीले राहात स्वरुप नगद सहयोग गरेका छन । बिप्लब नेतृत्वको बिद्रही नेकपाका अछाम जिल्ला सेक्रेटेरी  भरत मल्ल र बझाङ जिल्लाका जिल्ला कमिटी सदस्य  दिपक थापा द्रवारा गत महिना केदारस्यु गाउँपालिका वडा नम्बर ८ मल्लेसी गाँउका बाढीपीडितलाई नगद  २५ हजार सहयोग गरेका छन।

अबिरल बर्षाका कारण मल्लेसी गाँउमा गएको बाढीले सम्पुर्ण बझाङ बासिलाई स्तब्ध तुल्याउनुका साथै मल्लेसी गाउँका करिब बीस घरधुरीलाई क्षदबिक्षद तुल्याएको थियो। उक्त गाँउका बाढीपीडितहरुको पिडालाई आत्मबोध गर्दै आफ्नो तर्फबाट   मल्लले पच्चीस हजार सहयोग गर्नु भएको हो।

बाल्यकाल देखि नै जिबनका सम्पूर्ण सुखभोगलाई तिलाञ्जली दिदै तत्कालीन माओवादीले सञ्चालन गरेको दस बर्षे जनयुद्धमा २५८ साल देखि होमीएका भरत मल्ल सहिद,घाइते अपांग र जनताका सपना पूरा नभएको भन्दै बिप्लबले नेतृत्व गरेको नेकपामा क्रियाशिल छन। २०५६ सालमा निजका बुवालाई माओवादीको आरोपमा प्रशासनले गिरफ्तार गरेर चरम यातना दिएपछि बुवा धन बहादुर मल्ल र दिदी देबकी मल्ल सहित सम्पुर्ण परिवार जनयुद्धमा होमीएका थिय। तत्कालीन शाही सेनाले २०६१ सालमा उनको घर घेरेर आगजनी गरि क्षति ब्यहोरेका उक्त परिवार निरन्तर क्रान्तिको बाटोमा लामबद्द छन।

प्रचण्डले क्रान्ति माथि गद्दारी गरेको निष्कर्ष सहित बिद्रोही बिप्लबले नेतृत्व गरेको नेकपामा होमीएका  मल्ल पटकपटक गरेर बझाङ र अछाम गरि दुईपटक हिरासतमा परेका थिय। बझाङको हिरासतबाट दर्जनौं मुद्दा खेपेका  मल्ल धनगढी अदालतबाट  धरौटीमा निस्केका थिय। तत्कालै पार्टीले अछाम जिल्लाको सेक्रेटरीको जिम्मेवारी दिएर अछामको कमान्ड सम्हालेका मल्ल पुन अछाममा पक्राउ परे। अछामको हिरासतमा सय दिन काटेर निस्केका मल्ल बझाङ जिल्लाको आफ्नै गाँउपालिकामा आएको भिषण बाढीले पुर्याएको क्षतिको अबलोकन गरि पिडित परिवारलाई नगद  २५ हजार सहयोग गरेका हुन।