जन्म दिनको अवसरमा नेपाल युवा परिषदका जिल्ला महासचिव ठगुन्नाद्धारा विरामीलाई फलफुल वितरण

ललित सामन्त आफनो जन्म दिनको अवसरमा नेपाल युवा परिष दार्चुलाका जिल्ला महासचिब सन्तोष सिह ठगुन्नाले विरामीहरुलाई फलफुल तथा मास्क वितरण गरेका छन ।
विहिबार आफनो जन्मदिनको अवसरमा जिल्ला अस्पताल दार्चुलामा रहेका विरामीहरुलाई फलफुल तथा मास्क वितरण गरेका हुन ।
समाजमा पछिल्लो समय नेपाली सस्कृति संगसंगै विदेशी सस्ककृति भित्रीरहेकोले यसलाई न्युनिकरण गर्ने उद्देश्यले आफनो जन्मदिनको अवरमा विरामीहरुलाई फलफुल तथा मास्क वितरण गरेको जिल्ला महासचिब ठगुन्नाले जानकारी दिनु भएको छ ।

कुनै नयाँ कामको सुरुवात पहिला आफुबाट नै सुरुवात गर्नुपर्नेमा महासचिव ठुगुन्नाको रहेको थियो । जिल्ला महासचिब ठगुन्नाले आफनो २२ वर्षको जम्म दिनको जन्मउत्सव मनाएका हुन ।
आफनो जन्मदिनको औसरमा जिल्ला अस्पताल दार्चुलामा रहेको १० जना विरामीहरुलाई फलफुल तथा मास्क वितरण गरेको नेपाल युवा परिषद दार्चुलाका अध्यक्ष भुपेन्द्र सिह विष्टले जानकारी दिनु भएको छ ।
फुलफुल वितरण कार्यक्रममा नेपाल युवा परिषदका जिल्ला अध्यक्ष भुपेन्द्र सिह विष्ट,उपाध्यक्ष भुवनेश्वरी रैखोला,नेपाल युवा परिषदका कोषध्याक्ष दिपेन्द्र सिह ठगुन्ना लगायत जिल्ला अस्पताल दार्चुलाका डाक्टरहरुको सहभागिता रहेको थियो ।