भिरबाटोमा पहिरो जादा आवत जावतमा समस्या

सत्यराज सिंह, बझाङ । जयपृथ्वी नगरपालीका एकमा पर्ने भिरबाटो भन्ने ठाउँमा पहिरो जादा आवतजावतमा समस्या हुने गरेको छ ।

सदरमुकाम जोड्ने बाटोमा पहिरो जादा कैलास लगाएत , अन्य बाहिरी स्थानियतहबाट आउने मानिसहरुलाइ समस्या हुने गरेको स्थानिय धविन्द्र वि.कले बताउनु भयो । बाटोमा रुखहरु आएर हिड्न समस्या भएको र हिड्ने ठाउँ समेत नभएकाे छ ।  पहिरो आएको एक साता पुग्नै लाग्दा पनि बाटो मर्मत गर्नलागि कसैले पहल नगरेको विकले बताउनु भयो ।

यस्तै बर्षै पिक्ष बनाउदै आए पनि बर्षा याममा सदैब पहिरोले आवतजावतमा समस्या हुने गरेको अर्का स्थानिय लोकराज सिंहले बताउनु भयो । सिंहले भने , ढुंगा चिनेर बाटो बनाएको भए पनि बर्षा याममा सबै बगाएर लैजाने गरेको बताउनु भयो ।