छोटी भन्सार कार्यालय दार्चुलाबाट ४ सय ९६ मेट्रिक टन खरी निर्यात

ललित सामन्त, दार्चुला । छोटी भन्सार कार्यालय दार्चुला बाट चालु आर्थिक वर्ष २०७६÷०७७ को हाल सम्ममा ४ सय ९६ मेट्रिक टन खरी निर्यात भएको छोटी भञ्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा सो मात्रामा नेपालबाट भारत खरी निर्यात भएको कार्यालयले जनाएको छ ।
चालु आवको मंसिर महिनामा ३८ मेट्रिक टन, पुसमा १ सय २२ मेट्रिक टन माग महिनामा १ सय ६८ टन तथा फागुनमा महिनामा १सय ६८मेट्रिक टन खरी भारत निर्यात भएको छोटी भन्सार कार्यालय दार्चुलाका कर्मचारी मोहन डोबालले जानकारी दिनु भएको छ ।
जिल्लाको दुहुँ गाउँपालिकामा प्रसस्त मात्रामा खरी रहेको भए पनि पछिल्लो समयमा देश बन्दाबन्दी अर्थात लकडाउन भएपछि ढुवानीमा समस्याहुनुको साथै खरी निर्यात कम मात्रामा भएको उनको भनाई छ ।
उक्त खरी अहिले कञ्चनपुरको जियो मिनिरल रिर्जव प्रा.लीले संकलन गर्दै भारत निर्यात गरिरहेको छोटी भन्सार कार्यालय दार्चुलाकाले जनाएको छ । संकलन भएको खरी सिधै भारतको हल्द्धानी निर्यात हुने गरेको समेत उहाँले जानकारी दिनु भएको छ ।
खरी निर्यातबाट झण्डै ७ लाख ५६ हजार १ सय ५८ रुपैया राजश्व संकलन भएको छोटी भन्सार कार्यालय दार्चुलाले जनाएको छ । यस्तै चालु आर्थिक वर्षमा पैराठी तर्फ झण्डै १० लाख ६५ हजार ५ सय ५३ रुपैँया राजस्व संकलन गरेको छोटी भन्सार कार्यालय दार्चुलाले जनाएको छ ।