असार मसान्त नजिकिदा सदरमुकाममा भिडभाड बढदै

ललित सामन्त, दार्चुला । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेसँगै सुनसान बनेको दार्चुला सदरमुकाममा खलंगामा भिडभाड बढदै गएको छ ।
सरकारले बन्दाबन्दी अर्थात लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेसंगै सदरमुकाम क्षेत्रमा भिडभाड बढदै गएको हो ।
देशमा कोरोना पूर्णरुपमा नियन्त्रणमा नआइसकेको अवस्थामा दार्चुला सदरमुकाममा भने असारको अन्तिम सातादेखि चहलपहल बढेका छ ।
पछिल्लो समयमा जिल्लामा कोरोना संक्रमितहरुको संख्या घट्दै गएकाले विभिन्न गाउँबाट जिल्ला सदरमुकाम आउने जानेको संख्या दिनप्रतिदिन बढ्दै गएको यहाका स्थानीयहरुले बताएका छन ।
आर्थिक वर्षको अन्तिम महिनामा सरकारी कार्यालयहरुबाट विभिन्न योजनाहरुको अन्तीम भुक्तानी लिनका लागि ग्रामीण क्षेत्रबाट मानिसहरु सदरमुकाम धाउने गरेका छन्।
कारोनाको संत्रास कम भएकाले अहिले जिल्लाका स्थानीय तह केन्द्रहरु, सरकारी कार्यालयहरु, कोष तथा लेखा नियन्त्रण कार्यालय, विद्युत कार्यालय र बैंकहरुमा सेवाग्राहीहरुको चाप धेरै बढेको प्रहरीले जनाएको छ । यसैविच जिल्ला प्रहरी कार्यालय दार्चुलाले जिल्लाभरी तिन दिनको अवधिमा झण्डै १२ सय ५१ जनालाई प्रहरीले कारबार्हि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले अनिवार्य रुपमा मास्क तथा सेनिटाइजर प्रयोग गर्न र भौतिक दूरी कायम गर्न आग्रह गरिएकामा त्यसको अवज्ञा गर्नेहरुलाई नियन्त्रणमा लिएर सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवार्ही गर्ने जनाएको छ । कोरोनाको थप जोखिम बढ्दै गएकाले जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी एकाइसमेतबाट माइकिङ गर्ने, सम्झाइ बुझाइ गर्ने गरिएकामा अटेर गर्नेहरुलाई कारवाही गरिने प्रहरीले स्पष्ट पारेको छ ।

दार्चुला प्रहरीले जिल्लावासीलाई अनिवार्य रूपमा मास्कको प्रयोग गर्न, न्यूनतम सामाजिक दुरी कायम गर्न र भिडभाड नगर्न समेत अनुरोध गरेको जनाएको छ । त्यसैअनुसार प्रहरीको अनुरोध नमान्ने तथा गृहको आदेश उल्लङ्घन गर्ने जो कोहीलाई पनि संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।