समाजसेवी गुरुङद्धारा जम्वु पहिरो पिडितलाई सहयोग

रिदम सिंहः बेलायतमा बस्दै आएकी समाजसेवी इशा गुरुङले पहिरो पिडितहरुलाई सहयोग गरेकि छन् । अविरल बर्षसँगै आएको बाढीका कारण सिन्धुपाल्चोकको जम्वु बजारमा पहिरोमा परि घरबार बिहिन भएकाहरुलाई समाजसेवी गुरुङले सहयोग गर्नु भएको हो । गुरुङले पहिरो पिडितका लागी भन्दै तत्काल पचास हजार राहत सहयोग गर्नु भएको हो ।
बेलायतमा बस्दै आएकी समाजसेवी गुरुङले देशको जुनसुकै ठाँउमा पनी पिडितहरुका लागी सहयोग गर्दै आउनु भएको छ । यस अघी पनी उहाँले पर्वत, बझाङ लगाएतका क्षेत्रका पहिरो पिडित परिवारका लागी राहत सहयोग गर्नु भएको थियो । अरुको पिडा देख्न नसक्ने गुरुङले फेरी पनी म्याग्दी र गुल्मीका प्रभावितहरुलाई पनी सहयोग गर्ने बताउनु भएको छ ।