घोडाघोडी नगरपालिकाले स्थानिय पाठ्यक्रम लागु गर्दै

वीरेन्द्र शाह, सुखड। कैलालीको घोडाघोडी नगरपालिकाले स्थानिय पाठ्यक्रम निर्माण गरी लागु गर्ने भएको छ । नगरपालिकाले कक्षा १ देखि ३ सम्म स्थानिय भाषाको पाठ्यक्रम निर्माण गरी लागु गर्ने भएको हो ।

बुधबार देखी शुक्रबार ३ दिन सम्म शिक्षा युवा तथा खेलकुद शाखाले ३ दिन सम्म पाठ्यक्रमको प्रारुप माथि सरोकारवालाहरु संग छलफल गरेको थियो । ३ दिन सम्म चलेको कार्यशाखाला गोष्टीमा बिभिन्न सरोकारवालाहरुले सुझाव दिएका थिए । सुझाव अनुसार स्थानिय पाठ्यक्रम निर्माण गरिने शिक्षा शाखाले जनाएको छ ।

पाठ्यक्रम निर्माणको लागि डा राम बहादुर चौधरीको संयोजकत्वमा ३ सदस्सीय समिति पनि निर्माण गरीएको छ । यस क्षेत्रको भौगोलिक स्थिति, इतिहास, पर्यावरण, कला, सम्पदा, प्रचलित स्थानीय संस्कार, संस्कृति, स्थानीय बोलीचाली, नेपाल भाषाको प्रचलित लिपि, रञ्जना लिपि, परम्परागत पेशा, व्यवसाय, स्थानीय सीप प्रबिधि र स्थानीय उपचार विधि समावेश गरेर पाठ्यक्रम निर्माण गरीने बताईएको छ ।

नयाँ पाठ्यक्रमलाई विद्यालय संचालमा आउने बितिक्कै लागू गरिने बताइएको छ । स्थानीय पाठ्यक्रमको अभावमा विद्यार्थीले आफ्नो कला, संस्कृति, परम्परा जस्ता महत्वपूर्ण विषयका बारेमा अध्ययन गर्न पाएका थिएनन् । प्रभावकारी पाठ्यक्रमको कमीले नै विद्यार्थीमा सीपमूलक व्यावहारिक ज्ञानको अभाव खड्किदै गएको महसुस गरीएकाले स्थानिय पाठ्यक्रम निर्माण गर्न लागीएको नगरपालिकाले जनाएको छ ।