बैतडीको झुलाघाट नाका तीन दिनका लागि खोलिने

जनक साउद , बैतडी । बैतडीको भारतसँग सिमा जोडिएको झुलाघाट नाका भोलि बुधबारदेखी तीन दिनका लागि खुल्ने भएको छ । सिमामा अलपत्र परेकाहरुको उद्दार गर्न र भारतिय पेन्सनरहरुलाई पेन्सन बुझनका लागि दुबै देशका स्थानिय प्रशासनको सहमतिमा नाका खोलिने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिह नेगिले बताए ।

कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि लामो समय देखि सिमानाका बन्द हुदा भारतीय पेन्सनरहरुलाई समस्या भएको छ । यस्तै सिमानाका बन्द हुदा सिमामा फसेका नेपालिहरुलाई पनि नेपाल ल्याईने बताईएको छ । सिमामा झण्डै २ सय जति नेपाली नागरिकहरु हरेको अनुमान गरिएको छ म उनिहरुको सामान्य स्वास्थ्य चेकजाँच गरि ल्याउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।