अपडेटः बझाङमा भिषण पहिरो, १७ घर पुरिए, हेलिकप्टर उड्ने तयारीमा

रिदम सिंह, बझाङ । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ को एक बस्ती पहिराले बगाएको छ । अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गयराती केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसीका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले बताउनु भयो । उनका अनुसार पहिरोमा परि ७ जना बेपत्ता भएका छन् ।


यता जिल्ला प्रह।ी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थल तिर प्रहरी टोली पठाई सकिएको जानकारी दिए । बाटो खोला किनारमा भएको र खोलामा अत्यधिक पानी आएर बाटो नभएको कारण प्रहरी घटना स्थल पुग्न सकेको छैन ।


अहिले प्रहरी टोली त्यहाँ पुग्न नसकेपछी हेलिकप्टरकको लागी पहल भईरहेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । तत्काल जिल्लाबाट गएको प्रही टोली त्यहाँ पुग्ने सम्भावना कम भएपछी हेलिकप्टर मार्फत उद्धार गर्नु पर्ने देखिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिनुभयो । हेलिकप्टर चार्टरका लागी तयारी अवस्थामा रहेको र घटनास्थलमा प्रहरी टोली पुगेपछी थप जानकारी प्राप्त हुने प्रजिअ भण्डारीले बताउनु भयो । घाइतेको अवस्था र उद्धारकाको काममा लाई मध्ये नजरगरी हेलिकप्टर आउने नआउने बिषयमा टुङ्गो लाग्ने प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डेले जानकारी दिनुभयो ।

यो पनी पढ्नु होस्