युवा शक्ति देहीमाण्डौद्धारा राहत बितरण

जनक साउद,बैतडी । बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डोका नागरिकहरुलाई राहत बितरण गरिएको छ । लामो समयको लकडाउनले समस्यामा परेका नागरिकलाई युवा शक्ति देहीमाण्डौले राहत बितरण गरेको हो ।

वडा भित्रका बिपन्न बर्ग, एकल ब्यक्ति र अपाङगता भएका ब्यक्तिहरुलाई राहत स्वरुप नुन, चामल, दाल लगायतका खाद्यन्न सामाग्री बितरण गरिएको युवाशक्ति देहीमाण्डौका अध्यक्ष शंकर बोहराले बताए । युवा समाजसेवीहरुले आर्थिक संकलन गरि १ लाख २४ हजार बराबरको राहत सामाग्री बितरण गरेको उनले बताए । प्रति ब्यक्ति ३ सय ४६ का दरले वडा भित्रका ३५९ जना ब्यक्तिलाई राहत बितरण गरिएको हो ।

तर ५ बर्ष मुनिका बालबालिकाहरुका लागी सो रकमको आधा हुने गरि राहत बितरण गरिएको अध्यक्ष बोहराले बताए । सामाजिक दुरी कायम गरी वडा कार्यालयमा बोलाएर राहतको लागी कुप्पन बितरण गरिएको हो । कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण बिपन्न, एकल र अपाङगता भएका ब्यक्तिहरु समस्या परेको हुदा केही मात्रामा भए पनि सहज होस भन्ने उदेश्यले राहत बितरण गरेको युवा शक्ति देहीमाण्डौले जनाएको छ । बिगतमा पनी युवा शक्ति देहीमाण्डौले बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।