डिभिजन वन कार्यालय बझाङले ३ लाख २५ हजार बोट वितरण गर्दै

रमेश के सी – बझाङ : डिभिजन वन कार्यालय द्धारा विभिन्न जातका विरुवाका बोटहरु वितरण गर्ने भएको छ । नेपाल सरकारले २०७६ ÷०७७ लाइ वृक्षारोपणको बर्षको रुपमा लिए पछि डिभिजन वन कार्यालय बझाङले पनि ३ लाख २५ हजार बोट विभिन्न जातका बोट विरुवाहरु खरिद गरि वितरण गर्न लागेको हो ।

जसमा डिभिजन वन कार्यालयको चैनपुर नर्सरी बाट लहरे पिपल , बैस, बकाइनु, टिमुर, तेजपात, र अमला लगाएतका फलफुलका प्रजातिहरु त्यसै गरि सव डिभिजन कार्यालय भाडेबगर अन्र्तगत मोरिबगर नर्सरी बाट सर्जिवन, बैस, खोटे सल्लो , काठे सल्लो इपिले, दल्लो , खैर लगाएतका बोट विरुवाहरु र बुंगल सव डिभिजन वन कार्यालयबाट रैसल्लो ,धुपि सल्लो, दल्लो , बकाइनु लगाएतका बोट विरुवाहरु निशुल्क रुपमा वितरण गर्ने कार्याक्रम रहेको डिभिजन वन कार्यालय प्रमुख कर्ण बहादुर खातीले बताउनु भयो । साथै आ, आफ्नो पाइक पर्ने स्थानियतहहरुबाट बोटहरु बुझेर लिन समेत खातिले आग्रह गर्नु भएको छ ।

सामुदायिक वन, कबुलियति, निजिबनका उपभोक्ताहरुले समेत विरुवा निशुल्करुपमा लिएर लगाउन समेत सबैलाइ विभिन्न संचार माध्यामबाट जानकारि गराएको बताउनु भएको छ । यो आर्थिक बर्ष सरकारले पनि वृक्षारोपण बर्षको रुपमा लिएकोले उक्त अभियानलाइ सफल पार्न समेत सबैको उतिकै भुमिका रहेकाले यो अभियानलाइ सफल पार्न मात्र नभइ बोट विरुवाको संरक्षण हेरचाहमा समेत ध्यान दिन अनुरोध गरेका छन ।